कविता : मतदान

मतदान छ यो देश दान नै आत्मा ठान्दछु
सधैँ झुठ सधैँ ढाँट कत्ति खप्नु म जान्दछु ।
बाँडेर सपना सारा देश स्वर्ग बनाउने
जनताका सधैँ चिन्ता नेता दुस्ख बढाउने ।।

हौँ अमर म मर्दिन लान सक्छु सबै धन
भनी अकुत यो हेर सम्पति गर्छु आर्जन ।
तर सत्य सबै मृत्यु मुखबाट नगैकन
छैन सुख तिलसम्म शक्दैन लान त्यो धन ।।

अरुको भाग्य खोसेर राज्य र जनको धन
घुसखोरी गरी चोरी नपार दुष्ट त्यो मन ।
दान देऊ गरी कर्म निष्काममा निरन्तर
नाम काम जपी धाम छ यो अमरको घर ।।

पृथ्वी महेन्द्र छन् पुष्प विपी चार शहीदको
नाम हेर कवि वृन्द लक्ष्मी मोती र भानुको ।
घर देश सबै गाउँ शालिक पूजनीय छन्
राजमार्ग बसे बन्दै मदनसम्मका त झन् ।।

यदि यस्तै भई भ्रष्ट मरेका ती भए जन
के बन्थ्यो भन शालिक मार्ग आहा भनीकन ?
छिस् छि स् दुर्दुर बाहेक उदाहरण क्यै भए
भ्रष्ट ढाँट सबै दुष्ट कप्टी देख्छु यहाँ हरे ।।


कविता : मतदान