म अमर छु
(पद्य कवितासङ्ग्रह)
म अमर छु किन लेखियाे !
अजरामर याे आत्मा – शरीर नाशवान छ
भन्ने भाव नभुल्नू है – सत्यकाे कर्म गर्नु छ ।
धर्म एक छ ईश्वर – एकएक म हूँ भनी
गर्नु काम सधैँ आफैँ – छाै अमर तिमी पनि ।।
घीनलाग्दा व्यभिचारी – सत्ता कलङ्कका मुनि
भविष्य कसरी बन्ला – सक्ला बच्न र जीवनी ।
यही साेच गरी लाग्याै – लाम जान विदेशमा
मरे मरिगयाैँ बाँचे – पछि फिर्छाैँ स्वदेशमा ।।
ममा एकाग्र मन भएका याेगीहरूलाई निसन्देह उत्तम सुखकाे प्राप्ति हुन्छ । उसले आफूलाई ब्रह्ममा एकाग्र गरि ब्रह्ममै लीन गराई मुक्ति प्राप्त गर्दछ । उसकाे चित्त शान्त रहन्छ, रिस, डाह, पाप, चञ्चलता निख्रिई , हराइसकेकाे हुन्छ ।
यसै अभ्यासबाट निरन्तर याेगयुक्त भै निस्काम कर्म गर्दा गर्दै “म अमर छु” र शरीर नरहँदा पनि आत्मारुपमा म अमर छु भन्ने शाश्वत सत्य ज्ञान सबैलाई मिलाेस भनी याे काव्य रचना गरि प्रकाशित गरिएकाे छ ।
जाे ज्ञान भक्ति पाई तत्व बुझ्दछ ऊ ता सुन हाे ।
त्याे मुक्त ज्ञानी व्याक्ति हाे , ईश्वरमा एकीकृत हुने हाे ।
– हरिभक्त सिग्देल ‘महेश’
ई–बुक पढ्नुहोस् ।