एकमात्र
(गद्य कवितासङ्ग्रह)
‘ एकमात्र ‘ गद्य-कवितासङ्ग्रहकाे तयारी र प्रकाशन किन ?
उनीबाट हवा बग्छ – तर छैनन् उनी त्यता
जल झर्छ उनैबाट – तर छैनन् उनी त्यता ।
आगाे बल्छ उनैबाट – तर छैनन् उनी त्यता
नदेखे देखिने जम्मै – उनी नै छन् जतातता ।।
वरिष्ठ समालाेचक तथा कथाकार गाेपी मैनाली लेख्छन् – ‘ एकमात्र ‘ विचारसङ्ग्रह ,’ एकमात्र’ गद्य कवितासङ्ग्रह र एकमात्र पद्य कविता । म याे निस्कर्षमा छु कि कवि हरिभक्त विचारकाे निरन्तरतामा छन् । जीवनकाे गहिराइ खाेज्न निरन्तर छन् । विचारकाे निरन्तरता , वाेधकाे निरन्तरता , विवेककाे निरन्तरता तर अभिव्यक्तिकाे विविधता छ । असत्यकाे स्थायी अस्तित्व हुँदैन तथा सत्यकाे कहिल्यै अन्त हुँदैन । यसैप्रकार ज्ञानीहरूले यी दुवै तत्वकाे निर्णय गरेका छन् । अविनाशी त्यसलाई जान , जाे सम्पूर्ण शरीरमा व्याप्त भएकाे हुन्छ । यस्ताे अव्यय आत्माकाे नाश गर्न काेही पनि समर्थ छैन ।
मन एव मनुष्याणां कारणं बन्धमाेक्षयाेः।
मानिसकाे बन्धन र माेक्षकाे कारण मन नै हाे ।
यही ज्ञान सबैमा दिने उदेश्यले याे ‘ एकमात्र ‘ गद्य कवितासङ्ग्रहकाे रचना गरि प्रकाशीत गरिएकाे हाे ।
– हरिभक्त सिग्देल ‘ महेश’
ई–बुक पढ्नुहोस् ।