एकमात्र

“एकमात्र” किन ?

मानव, मानवता यसकै मूल्य र मान्यतालाई उच्च प्राथमिकतामा राख्नु पर्ने यथार्थ सत्यलाई शिरोधार्य गर्दै विश्वव्यापी रूपमा रहेका अनेकौ सङ्घ संस्थाहरू छन् ।

यी सबै कुराहरूका बाबजुद विश्वव्यापी रूपमा तथ्याङ्क नै सङ्कलन गर्ने हो भने जात, धर्म, सम्प्रदाय वर्ण र लिङ्गलाई लिएर भड्किएका युद्धहरूले भयङ्कर रूप लिई धेरै जन धनको क्षति भएको पाइन्छ ।

यस्तै तथ्यहरू खोतल्दै जाँदा यी सबै युद्ध हत्या, हिंसाको कारण अज्ञानता नै रहे भएको पाइन्छ । त्यसैले हामी विश्वभर छरिएर रहेका मानिसहरू रहन, सहन, हावा, पानीका कारण अग्ला, होचा, काला, गोरा, शिक्षित, अशिक्षित, स्त्री लिङ्ग, पुलिङ्ग र तेस्रो लिङ्ग जे भए तापनि हामी सबै मानव हौं ।

दाजु-भाई, दिदी-बहिनी वा एकै परिवार हौं । यसै सत्यलाई मनन गर्दै धर्म समन्वय गरि सत्य, धर्म, ईश्वर, दर्शन, जात-जाति, भाषा-भाषीमा जे भए तापनि ईश्वर एकमात्र छन्, नाम र रूपका सम्बन्धमा मान्यता फरक होलान् । हामी मानव मानव एक हौं र हाम्रो गन्तव्य र प्राप्ति पनि एउटै हो मात्र बाटा फरक छन् भन्ने यथार्थ सत्यलाई जन-समक्ष उजागर गर्न मैले धम्मपद, त्रिपिटक, बाइबल, कुरान, वेद, उपनिषद, गीता र पुराणहरूको अध्ययन अनुशीलन गरेर यो “एकमात्र” पुस्तक नेपाली भाषामा तयार गरि विश्व मानव समुदाय सामु सुम्पेको छु ।

जसको अर्को उदेश्य यो “एकमात्र” कृति विश्वमा भएका विभिन्न धर्म, शास्त्र, मार्ग, पन्थ खास गरेर बुद्ध, क्रिश्चियन, इस्लाम र हिन्दु धर्मका गुम्बा, चर्च, मस्जिद, मन्दिर आदिबाट सत्य, ईश्वर, साक्षात्कार गर्ने क्रममा निरन्तर लागि रहँदा कुन धर्म र शास्त्रको मार्ग सही हो र सत्य के हो रु कुन धर्म र मार्गबाट परम शान्ति प्राप्त गर्न सकिन्छ भन्ने यकिन गर्न ठम्याउन नसकी यो वा उ भनी अलमल्ल परेका असंङ्ख्यमानवहरूका लागि नै हो ।

 

साथै यो कविता

प्रतियोगी हुँदै ह्वैन विज्ञ अहमको पनि

भाषा संस्कृत अप्ठेरो बनोस् जन्तर जीवनी

पाली, हिन्दी र अङ्ग्रेजी भाषा अरबीका स्वर

पढ्न पाउन् भनी निस्कयो नेपाली लेख्न जाँगर !

अलमल्ल छ “यो उ वा” धर्मधारकको मन !

एउटै मात्र हो भन्ने भित्र होस् दिव्य गुञ्जन

यत्ति मात्र लिई सोच समर्पित भएँ यता

निरपेक्ष भई ज्ञानी लिउन् ज्ञान जतातता !!

 

–   हरिभक्त सिग्देल ‘महेश’

ई–बुक पढ्नुहोस् ।