अनित्य
अनित्य जीवन अनित्य संसारमा अनित्य बाछिटासंग्रहकाे जन्म ।
कलानिधि दाहाल भन्नुहुन्छ “आध्यात्मिक र साहित्यिक सृजनाका फाँटमा कृयाशिल व्याक्तित्व हाे सिग्देल ।”
त्यसैगरि बाछिटा प्रवर्तक अमर त्यागी भन्नूहुन्छ ” हरिभक्त सिग्देल ‘ महेश ‘ का बाछिटामा भाेगाइ र अनुभूतिका अनन्त संवेगहरू समाहित छन । कल्पना र विचारका उत्ताल छालहरू उच्छलित छन । चेतना र संवेदनाका उद्भिज्ज अन्तरर्बिम्बहरू उद्बाेधित छन् । अझ उहाँका बाछिटामा आत्मा स्वयम् बिज बनेर टुसाएकाे छ । आस्था स्वयम् बाछिटाकाे बाेट बनेर ठडिएकाे छ । निष्ठा स्वयम् बाछिटाकाे हाँगा बनेर फैलिएकाे छ ।
भावना स्वयम् भाव बनेर बाछिटाकाे बाेटभरि फलृकाे छ । हाे , उहाँका बाछिटामा राष्ट्र – राष्ट्रियता पुष्पित छ , संस्कार – संस्कृति सुवासित छ , मानवता – हार्दिकता बिम्बित छ र विकृति – विसङ्गति चित्रित छ । अझ सद्भाव – स्वभाव निर्झरित छ , विज्ञान – प्रज्ञान प्रमुदित छ र व्यथा – वेदना प्रतिध्वनित छ । वास्तवमा उहाँका हरेक बाछिटाहरू काव्यिक उद्यानमा फुलेका अन्तर्चेतका एकएक नओइलिने फूलका थुँगाहरू हुन् । ”
यस्तै मित्रहरूकाे प्रेरणा र मायामा ‘अनित्य ‘ बाछिटासंग्रहकाे जन्म भएकाे हाे ।
– हरिभक्त सिग्देल ‘ महेश
ई–बुक पढ्नुहोस् ।