गीता
(नेपालीमा)
मानवमात्रकाे पथप्रदर्शक पुस्तक !
गीता
श्रीमद्भगवत् गीता श्रीभगवानका मुखारविन्दबाट स्वयम् प्रस्फुटित भएकोले इश्वरीय तत्व र गुणले युक्त छ । चारै वेदको साररुपी सर्वसास्त्रमयी श्रीमद्भगवत् गीतासँग पुराण , उपनिषद् , श्रुति लगायत अन्य धर्मशास्त्रहरु पनि दाँजिदैनन् किनकि अरु शास्त्रहरू व्यास , ब्रह्मा र कुनै व्यक्तिहरूबाट प्रतिपादित भई लेखिएका वा तयार गरिएका हुन् ,तर श्रीमद्भगवत् गीता स्वयं योगेश्वर भगवान श्रीकृष्णका मुखार वृन्दाबाट निस्केको हुँदा यसको महत्व नै अर्कै रुपमा पाइन्छ ।
यो गीताको वर्णन – बखान गरेर सकिँदैन किनकि यो स्वयम् विष्णु भगवानको मुखारविन्दबाट गाइएको छ। यस्तो गीता पाठ गर्नेले पुनर्जन्म लिनु पर्दैन। धेरै मानिसहरु गीताको अध्ययनले घरबार छाडेर हिँड्छन् भन्ने उल्टो कुरा भन्दछन् । लडाइँ गर्दिन भनेर धनुषबाण फ्याँकेर पन्छिएका अर्जुनलाई समेत कर्मरुपी लडाइँ गर्न तत्पर गराउने गीताको यस्तो उल्टो फल कसरी हुनसक्छ त्यसैले गीता पाठ गर्न कुनै लिङ्ग भेद , जाति भेद र उमेरको भेद छेैन। जुनसुकै उमेर वर्ण जातिका , स्त्री पुरुषले गीतारूपी अमृत पान गर्न पाउने अधिकार श्रीकृष्ण भगवानले सबैलाई दिइबक्सेको छ। सबैले दैनिक जति सकिन्छ त्यति श्लोक अध्याय गीता पाठ गरेर जीवन सफल पाराैँ । जसले सधैँ गीता पाठ गर्दछ त्यसले सधैं नयाँ ज्ञान ज्योति प्राप्त गर्दछ । त्यस्तालाई कुनै पनि पाप र कुकर्मले डगाउन सक्दैन । जस्तोसुकै दुःख र शोक आइपरे पनि उनीहरूलाई असर पर्दैन। बरु त्यसको बदलामा उसको जीवन निष्काम कर्ममय आनन्दै आनन्दले परिपूर्ण हुनुका साथै अन्तमा मुक्ति प्राप्त गर्दछ। यो सत्य हो । प्रमाणको लागि हामी पनि सधैं गीता पाठ गर्ने गरौँ , आफै त्यस परमानन्दको अनुभव गर्न सक्नेछौं।
यस भगवत् गीताको माध्यमबाट सामान्य नेपाली भाषा लेखपढ गर्नेले मात्र पनि भगवत् गीतारुपी अमृत पान गर्न सकुन् भन्ने नै मेरो ध्येय हो। यो भगवत् गीता स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट प्राप्त भएकाले यसमा मेरो केही छैन। मात्र प्रभु कृपाले निमित्त भई सरल नेपाली भाषामा अनुवाद गरि प्रस्तुत गर्ने प्रयास मात्र गरेको छु।
– हरिभक्त सिग्देल ‘ महेश ‘।
ई–बुक पढ्नुहोस् ।