श्री सूर्य प्रार्थना
पद्यमा

श्री सूर्य प्रार्थना पद्यमा किन ?
प्रत्यक्ष सृष्टिमा हुन्छौँ सूर्य हामी समान छाैँ विना सूर्य हुन्न सृष्टि यसैमा सब रम्दछाैँ ।
सूर्यशोभा अझै हाम्रै हुन्छ कारणले गरी सबै देव सबै पितृ जल थल भरी भरी ।।
रावण त थियाे वीर युद्धमा मार्न रावण श्रीराम गर्दछन् पाठ श्रीसूर्य स्ताेत्र त्यो क्षण।
शक्तिशाली छ यो स्ताेत्र तर संस्कृत ज्ञानमा नेपाली नहुँदा आयो सृजना भई पद्यमा ।।
– हरिभक्त सिग्देल ‘ महेश ‘
ई–बुक पढ्नुहोस् ।