दक्षिणकालीको सेरोफेरो

घाम हुन् कालीहरू । सुकिलोलाई मात्र होइन फोहोरलाईचुमेर पनि सुकिल्याउँछन् । जून हुन् कालीहरूशीतलतामा विभेदनबोकी हरेक अँध्यारोमा चहक थप्छन् । कालीहरू हावा हुन्, पानी हुन्,पृथ्वी हुन् र हुन् विशाल ब्रह्माण्ड । जसको तुलना हुँदैन, र हुनैसक्तैन ।

कसैकी पत्नी मात्र होइनन् काली । कसैकी आमा, भाउज्यू,बुहारी र दिदी वा बहिनी मात्र पनि होइनन् काली । शैलपुत्री, चन्द्रघण्टा,दुर्गा, काली, महाकाली, सिद्धिदात्रीहरू कसैका पेवाहोइनन् ।‘‘जगत्जननी’हुन् । देवी भागवत भन्छ–इन्द्र, विष्णु, ब्रह्माजस्ता देवताले सारा शक्ति अर्पेर देवीको स्तुती नगरेका भए कहाँ हुन्थ्योर उनीहरूको रक्षा?विना देवीको सद्भाव कहाँ पुरा हुन्थ्यो रदेवताको सदीक्षा?

– दामोदर पुडासैनी ‘किशोर’

– –

परिप्रेक्ष्यहरूमा, एउटा प्रतिष्ठित विम्व देखा परेको छ, अध्यात्मचेतनाको ऊर्जा बोकेर । नैतिक बलको स्रोत पस्केर । सनातनीयपरम्पराको साँस्कृतिकता जाहेर गरेर । त्यो सार्थकीय विम्व विधानहरिभक्त सिग्देल महेशको स्वर्ण स्वरूप हो, जसलाई पञ्चामृतमाअनुभव गर्न सकिन्छ, पाशुपत्य दर्शनमा प्राप्त गर्न सकिन्छ। माता दक्षिणकालीका पाउमा भेट्न सकिन्छ ।

हरिभक्त सिग्देल महेश– एक सिद्धपुरुष हुनुहुन्छ । गद्य रपद्यमा, एकसाथ पूर्ण नियन्त्रण राख्ने एक अपौरुषेय प्रतीकहुनुहुन्छ । जीवन नै निष्ठा र आदर्शमा कायम भइरहृयो, अहिलेसम्म । उहाँको पुनरागमन पनि रचनात्मक कार्य र सकारात्मक सोचकालागि नै भएको हुनुपर्दछ, यस पुण्य भूमिमा ।

– महेश प्रशाईं