गौराङ्ग (खण्डकाव्य)

एकजना निस्वार्थी, क्रोधरहित, उन्मादरहित, सञ्चयरहित सहज प्राप्त भएको पूँजी अशक्त, दुखी, गरिब, वासरहित व्यक्तिहरूमा समर्पित गरेर निस्कलङ्कित जीवन जिउने निर्भीक तर एक्लो समाधिमग्न व्यक्तित्वको जीवन कहानीमा लेखिएको छ । उनी पवित्र विचारका भएकाले भविष्यका सम्पूर्ण कुरालाई ऐनामा अनुहार हेरेझैं देखाउन सक्थे भन्ने कुरा पवित्र मनोज्ञानका आध्यात्मिक चिन्तक हरिभक्त सिग्देलले यस कृतिमा देखाएका छन् । उनले कृतिमा देखाए अनुसार भौतिक मोहरहित पवित्र आत्माको उपजका रूपमा यस काव्यका नायकको प्रस्तुति रहेको देखिन्छ । विभिन्न मठमन्दिरमा, गुफाहरूमा, एकान्त स्थानमा बस्न रुचाउने र कसैबाट कुनै प्राप्तिको आशा नराख्ने कलियुगका सच्चा महर्षिका रूपमा यिनलाई चित्रण गरिएको छ ।

हरेक मानिस शक्तिको पुजारी हुन्छ । यही बन्ने क्रममा उसभित्र जालझेल, छलकपट, बेइमानी, धुत्र्याइँ आदि कुविचारहरू जन्मन्छन् । यस अर्थमा उनी शक्तिसामू कहिल्यै नझुक्ने, प¥यो र शक्तिशाली पनि अन्यायी देखियो भने राजादेखि सुरक्षाकर्मीका नायकसम्मलाई सिधै इन्कार गरेर उनीहरू विरुद्ध मुकाविला गर्न सक्ने सबल व्यक्तित्वका रूपमा खण्डकाव्यकार हरिभक्तले काव्यनायक गौराङ्गको व्यक्तित्व चित्रण गरेका छन् । वर्तमान अवस्थाको गए गुज्रेको सामाजिक वातावरणमा यस्ता पवित्र, संयमित, शक्तिसँग जुध्ने र दुर्वललाई मन वचन र कर्मले समेत उठाऊँ भन्ने भावनाका पवित्र मानसस्तम्भलाई काव्यको नायक बनाउनु अहिलेको समाजलाई सही मार्ग निर्देशन गराउने भित्री लक्ष्य कवि हरिभक्त सिग्देलको यस कृतिमा पाइन्छ ।

– युवराज मैनाली