श्रीमद्भगवद्गीता

(नेपाली लोकलयमा)

“गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः”
भनिएको हुँदा गीता, हो शास्त्र–सार निश्चयै ।।१।।
मान्छे मान्छे बनेदेखि विश्व यो स्वर्ग बन्दछ ।
कर्तव्य–पालन गरे सच्चा मानिस बन्दछ ।।२।।
धर्म कर्तव्य हो हाम्रो, इमान्दारी सचाइ हो ।
परोपकारी जो बन्छ देवतातुल्य तेहि हो ।।३।।
भूmटा बोल्ने, दुःख दिने, ठग्ने, झुक्याउने जति ।
अन्धा पापी समानै हुन् सप्रियोस् तिनको मति ।।४।।
अरूलाई दुःखदिएँ, ठगेँ, ढाटेँ, लुटेँ भने ।
अन्धो भएँछु भन्ठान्नु, अरूले त्यै गरे भने ।।५।।
सहुँला त्यो कसोरी म भन्दै आँखा खुलाउने ।
उनै श्री हरिका भक्त सिग्देल जी भने हुने ।।६।।
केही न केही लेखेर, गरी सत्कर्म सुन्दर ।
लागिपर्ने धन्य बन्छन् हरिभक्त सबैतिर ।।७।।
यस्मा मैले कुनै केही मात्रा पनि चलाइन ।
भक्त शिष्य श्रीहरिको अभिव्यक्ति विगारिन ।।८।।
जो आयो त्यो शुद्ध बुद्धि–विवेकैले उतारियो ।
छन्दता छादक हुने दोष क्यै देखिए न हो ।।९।।
भावशुद्ध भए पुग्छ भावै खोज्दछ देवता ।
भाषा–शुद्धि खोज्न थाले भावै पुग्छ कता कता ।।१०।।
तसर्थ यो भावपुष्प प्रभुमा होस् समर्पित ।
भन्ने सम्झि पाठकले गरून् सर्वत्र स्वागत ।।११।।
सुपसिद्ध राष्ट्रसेवी यशस्वी हुन् सधैं भर ।
भन्ने आशीर्वाद दिँदै विदा माग्छु म सादर ।।१२।।

प्रा.डा. ऋषिराम पोखरेल
संस्थापक, अध्यक्ष एवं पूर्वप्राचार्य तथा
वेद वेदान्त धर्मशास्त्रमीमांसा–विभागाध्यक्ष
वाल्मीकि विद्यापाठ

No Comments