श्रीमदभगवतगीता

“श्रीमदभगवतगीता  श्री भगवान्का मुखारविन्दबाट स्वयं प्रस्फुटित भएकाले ईश्वरीय तत्व र गुणले युक्त छ । चारै वेदको साररूपी सर्वशास्त्रमयी श्रीमद्भगवद्गीता … स्वयं योगेश्वर भगवान् श्रीकृष्णका मुखारविन्दबाट निस्केको हुदाँ यसको महत्व नै अर्कै रूपमा पाइन्छ”

“शुद्ध बुद्धिले युक्त, एकान्तसेवी, मिताहारी, तन, मन र वचन जितेको, वैराग्यको भर परेको, नित्य ध्यानमा मग्न, धैर्यले आफूलाई वशमा राखेर शब्द आदि विषयलाई त्याग गरेर राग–द्वेषलाई पैतालामुनि थिचेर, अहंकार, बल, घमण्ड, काम, क्रोध तथा संग्रह त्याग गरेको ममतारहित शान्त पुरुष ब्रह्ममा लीन हुन योग्य हुन्छ ।५१,५२,५३। ब्रह्म प्राप्त भएको तथा प्रसन्न चित्त भएको मानिस न शोक गर्दछ, न केही कुराको इच्छा नै गर्दछ । यस्ता हिसाबले सबै प्राणीहरूलाई बराबर देख्ने त्यो मेरो परमभक्ति पाउँछ ।५४। भक्तियोगबाट नै म पुरुषोत्तमको स्वरूप तत्वसहित जानिन्छ । यसप्रकार भक्ति–योगद्वारा मलाई यथार्थ रूपमा जान्ने पुरुष तुरून्त ममा नै प्रवेश गर्दछ ।५५। मेरो शरणमा परेको कर्मयोगी सदा सम्पूर्ण कर्म गर्दछ तापनि मेरो कृपाले सनातन अविनाशी पद पाउँछ ।” ५६–१८

No Comments