रङ्गै रङ्गको जिन्दगानी

सिग्देलज्यूका कविताहरूले सवैभन्दा नजिकबाट खोजेका पनि जीवनका चित्र र मूल्यहरूनै हुन् । माया, प्रेम, जीवन र आध्यात्म दर्शनको माध्यमबाट जीवन खोज्नु हुन्छ उहाँ ।

एउटा कवि राजनीतिको माखेसाङ्लोमा मात्र बाँधिइरहन चाहदैन ।उ कसैले देखाएको बाटोमा मात्र हिंडिरहन पनि चाँहदैन । उ स्वच्छन्द ढङ्गबाट चराचर जगतलाई हेर्न चहान्छ । नयाँ बाटो खन्न चाहान्छ । उसले पत्ता लगाएको नयाँ बाटो अरूकोलागि पनि सुगम र सुकिलो हुन्छ । कविले आविश्कार गरेको लयात्मक बाटो जीवन र जगतलाई नयाँ ढङ्गले परिभाषित गर्नेमात्र नभै संसारलाई बदल्न र उचाईमा पुर्याउन पनि सक्षम हुन्छ । त्यसैले कविलाई बाद र पक्षको हिमायती भन्नुमा पनि कुनै तुक रहँदैन ।

हरिभक्त सिग्देलका कविताहरू प्रकृतिको पूजा गर्न तम्सन्छन् ।

यस संग्रहमा समेटिएका कविताहरू पढ्दा कवि सिग्देल आशावादी देखिनुभएको छ । जीवन सफल बनाउने हो भने अभ्यास र उचित संगतको रङ्गले सिगार्न सक्नु पर्दछ भन्नु हुन्छ उहाँ हरिभक्त दाइका कविताहरूमा माया प्रेमका छनकहरू पनि यथेष्ट छन् । कतिपय कविताहरू पढ्दा ठिटौले उमेरका प्रेम कविता जस्ता पनि लाग्दछन् । प्रेम गर्नेहरूले शरीरभन्दा माथि उठ्न सक्नुपर्छ भन्ने ध्येय पनि मिसिएको छ कविताहरूमा ।

– दामोदर पुडासैनी  किशोर

 

No Comments