पञ्चामृत

अध्यात्म भावको प्रचुर भण्डार छ । चैतन्यप्रभुको ईश्वरीय पंक्तिप्रति, तीव्र अनुराग छ । भक्ति र वैराग्यका पुरातन चेतहरूले, विपर्ययित छ, उहाँको उत्तरवर्ती कद पनि । काव्यका अधिकांश आनन्दातिरेक व्यञ्जन र लोमहर्षीय परिधानहरू भजन सौष्ठवमा आप्लावित छन् । जसरी उहाँको जीवतात्विकता भजनमय भएको छ, परिदृश्यातीत कुटुम्ब संस्कृतिहरू संगीतमय बनेका छन् ।

सिग्देल कविको अन्तश्चेतीय यी सौन्दर्यमूलक भावहरूको संयोजन, जसलाई कवि स्वयंले स्वतः हासिल गरेको सहजज्ञान (Intuition)  भन्नुपर्दा अतिशयोक्ति हुने छैन । आधुनिक काव्यशास्त्रीहरूले यसलाई प्रतिच्छवि (Image) पनि भनेका छन् ।

उहाँले ईश्वरलाई पूर्ण तुल्याउने धृ्रष्ठता गर्नु भएको छैन र मनुष्यलाई गौण तुल्याउने असंयम पनि कायम गर्नु भएको छैन ।

सिग्देलकृत पञ्चामृतको गेयता पनि, ध्येयता पनि दुवै ती, आत्म संप्रेषणमा मात्र निहित छैनन् ।

फरक धारको प्रेरक शक्तिले स्वद्योतक योगबाट प्रवलिकरण हुँदै अन्तव्र्याप्त चेष्टामा फैलिएका छन् ।

— महेश प्रसाई

 

No Comments