मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल – सम्मान, पुरस्कार वितरण तथा पुस्तक लाेकार्पण समाराेह-२०७८

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडाैँ
फाल्गुन १४ गते, शनिबार,२०७८,

साहित्यका धरोहर श्रद्धेय प्रा.डा. श्री कुमार कोइरालाको सभापतित्वमा मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडाैँको कार्यक्रम सम्पन्न भएको थियो । काठमाडौँ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान पारिजात प्रेक्षालयमा सञ्चालित उक्त कार्यक्रम पूर्व सचिव तथा वरिष्ठ साहित्यकार श्री गोपीनाथ मैनाली प्रमुख आतिथि हुनुहुन्थ्यो । साथमा श्रद्धेय व्यक्तित्त्वद्वय प्रा. डा. श्री ऋषिराम पोखरेल, प्रा.डा. श्री खेम कोइराला बन्धु र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सङ्गीत कलाका धरोहर श्री प्रदीप बम्जनको विशिष्ठ आतिथ्यमा सञ्चालित ‘मुक्तिनाथ दर्शन साहित्य समाज’ नेपाल, कामाडौँको प्रथम वार्षिकोत्सव, स्रष्टा सम्मान र कृति लोकार्पण कार्यक्रममा पाँच स्रष्टाका सातकृतिहरू एकैसाथ लोकार्पण भएका थिए ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडाैँद्वारा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्वसचिव गोपीनाथ मैनालीले विगत लामो समयदेखि परदेशमा रहेर विश्वभरका नेपाली भाषी साहित्यकारहरूलाई एउटै मालामा उनेर नेपाली साहित्यकार विश्व सञ्जालको परिकल्पना गरी पाठशाला स्थापनासमेत गरेर सयौँ नव सर्जकलाई प्रशिक्षण गराउँदै सबैलाई समेटी नेपाली भाषा साहित्यको निरन्तर सेवा गर्दै आउनु भएका अनेसास पोर्चुगलका अध्यक्ष विनोदप्रसाद धिमाल “स्पन्दन विनोद”, ” जीवननाथ जमकटेल स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार -२०७८” द्वारा सम्मानित हुनुभएको छ। उक्त सम्मान स्पन्दन विनोदका माता सरस्वती धिमाल तथा पिता नारायण प्रसाद धिमालले ग्रहण गर्नुभएको थियो।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल काठमाडाैँका संस्थापक सदस्यहरू, संरक्षक तथा पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने संस्था स्थापनामा सहयाेग गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएकाे थियाे । त्यसै गरी सम्मानित र पुरस्कृत व्यक्तित्वहरूलाई नगद पुरस्कारका साथ सम्मान पत्र प्रदान गरिएको थियो । पुरस्कार तथा सम्मान स्थापना गर्नेहरूमा समाज तथा साहित्य सेवी श्री पार्वती जमकटेल, समाज तथा साहित्य सेवी श्री प्रेमकुमारी केसी, उद्याेग व्यावसायी,समाज तथा साहित्य सेवी श्री शिव उपाध्याय, उद्याेगपति,समाज तथा साहित्यसेवी श्रीअरुण ओझा, साहित्य तथा समाजसेवी श्री रोजी सिग्देल,साहित्य तथा समाजसेवी सह प्रा.डा श्री रोहिणी सिग्देल, समाज तथा साहित्यसेवी अधिवक्ता श्री रोशनि सिग्देल ,समाज तथा साहित्यसेवी श्रीमती मिना सिग्देल तथा संस्थाका संस्थापक अध्यक्ष साहित्यसेवी श्री हरिभक्त सिग्देल ” महेश ” समेतबाट स्थापित विभिन्न पुरकारबाट प्रा.डा. गोविन्दराज भट्टराईज्यू, साहित्यकार श्री ऋषिप्रसाद लामिछाने “गोर्खे साईँलो” ज्यू , पत्रकार श्री एकराज पाठकज्यू, साहित्यकार श्री ठाकुरप्रसाद शर्मा भण्डारीज्यू, साहित्यकार श्री जनार्दन अधिकारी ‘धड्कन’ ज्यू सम्मानित तथा पुरस्कृत हुनु भएको थियो ।

यसै गरी पुरस्कृत हुनु हुने अन्य व्यक्तित्वहरूमा साहित्यकार श्री कल्पना काफ्लेज्यू, साहित्यकार श्री निर्मलरमण पराजुलीज्यू , साहित्यकार श्रीअमरबहादुर श्रेष्ठ ‘अमर त्यागी’ज्यू तथा बालप्रतिभा श्री रोजिना अधिकारीज्यू हुनुहुन्थ्यो ।

यसरी लोकार्पण भएका कृतिका रचयिताहरूमा प्रा.डा. ऋषिराम पोखरेलका ‘युवाप्रति’ कवितासङ्ग्रह र ‘ध्रुवचरित्र’ खण्डकाव्य तथा प्रा.डा. अर्जुनदेव भट्टको निबन्धसङ्ग्रह ‘समययात्रा’ रहेका छन् । यसै गरी लोकार्पित अन्य कृतिहरूमा साहित्यकार हरिभक्त सिग्देल ” महेश ” का ‘म अमर छु’ कविता सङ्ग्रह र ‘हनुमान चालिसा’, कवि कलानिधि दाहालको ‘पद्य कवितासङ्ग्रह “आफैं भए सुन्दर’ तथा रश्मि भट्टको कविता सङ्ग्रह ‘युगका आवाजहरू’ रहेका छन् ।
लोकार्पित कृतिहरूमध्ये ‘म अमर छु’ को गोपीनाथ मैनाली, ‘हनुमान चालिसा’ को प्रा.डा.ऋषिराम पोखरेल, ‘समययात्रा’ को डा. दामोदर पुडासैनी किशोर, ‘युगका आवाजहरू’ को युवराज मैनाली, ‘आफैं भए सुन्दर’को चन्द्रप्रसाद न्यौपाने, ‘युवा प्रति’ काे रामप्रसाद पन्त तथा ‘ध्रुव चरिरत्र’ को कलानिधि दाहालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
ऋषिराम पोखरेल, प्रा.डा.खेम कोइराला बन्धु, नरेन्द्रराज पौडेल, तथा प्रदीप बम्जम विशिष्ठ अतिथि रहनुभएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मैनालीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । बटुकहरूको स्वस्तीवाचनबाट सुरु भएको कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष कलानिधि दाहालले स्वागत मन्तव्य दिनुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका संस्थापक अध्यक्ष हरिभक्त सिग्देल ” महेश ” ले गर्नुभएकाे थियाे ।

कार्यक्रम साहित्यकार कल्पना काफ्लेले सञ्चालन गर्नुभएको थियो ।

२०७८ सालमा सम्मानित/पुरस्कृत हुनुभएका व्यक्तित्वहरू र सम्मानको नाम/पुरस्कार-

१)डा.गोविन्दराज भट्टराई-” जीवनाथ जमकटेल स्मृति नेपाली साहित्य उद्बोधन सम्मान तथा पुरस्कार ” २०७८,सम्मान पत्र दाेसल्ला र रु.पन्ध्र हजार नगद सहित।

२)ऋषिप्रसाद लामिछाने”गोर्खे साइलो”- “खड्गध्वज गङ्गादेवी सिग्देल स्मृति नेपाली साहित्य सारथि सम्मान तथा पुरस्कार ” २०७८, सम्मान पत्र दाेसल्ला र रु.
पन्ध्र हजार नगद सहित।

३) विनोद स्पन्दन-” जीवननाथ जमकटेल स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार ” २०७८,सम्मान पत्र दाेसल्ला र रु.पन्ध्र हजार नगद सहित।

४)ठाकुरप्रसाद शर्मा भण्डारी- ” तुजाखग सिग्देल स्मृति स्वरूपानन्द साहित्य सम्मान तथा पुरस्कार ” २०७८,सम्मान पत्र दाेसल्ला र रु.पन्ध्र हजार नगद सहित।

५)कल्पना काफ्ले- ” हरिभक्त सिग्देल ” महेश ” नेपाली साहित्य सिर्जना प्रतिभा सम्मान तथा पुरस्कार ” २०७८, सम्मान पत्र दाेसल्ला र रु.पन्ध्र हजार नगद सहित।

६) एकराज पाठक- ” शेरबहादुर कान्छी उप्रेती पत्रकारिता सम्मान तथा पुरस्कार ” २०७८,सम्मान पत्र दाेसल्ला र रु.पन्ध्र हजार नगद सहित।

७)जनार्दन अधिकारी”धड्कन”- “पद्मदीपा पौडेल स्मृति साहित्य सम्मान तथा पुरस्कार ” २०७८,सम्मान पत्र द