गीता सार

मेरी ममतामयी माता श्रद्धेय स्व. गङ्गा देवी सिग्देल ∕ तिमीले मलाई गर्भमा वास दियौ, जन्म दियौ धेरै दुःख–पीडाहरू आफूले खपेर पनि त्यसको आभास नै मलाई नदिई असल नागरिक बनाउन संस्कार दियौ । ज्ञान दियौ, शिक्षा दियौ, सवैभन्दा धेरै माया दियौ । धेरै वर्षसम्म आमा ! आमा !! भनेर दर्शन गर्न पाउ दियौ । मैले त तिमीलाई केही दिन सकिन आमा ! केवल दुःख मात्र दिएँ । मैले जत्ति दुःख दिए पनि ती दुःखलाई तिमीले किञ्चित दुःख मानिनौ, सुखै मान्यौ । माया नै ठान्यौ सायद, प्यारो छोरा भएकोले होला । आमा ! तिमीले दिएका अर्तिको उलङ्घन गरेको छैन, आदेश मानी पालन गरेको छु । देशलाई धोका दिन्न । कुनै पनि प्राणीलाई दुःख दिन्न । चोरेर खान्न र सत्य बोल्छु । जवसम्म बाँच्छु, यसरी नै बाँच्छु । तिम्रो कान्छा हरिभक्तले तिम्रै प्रेरणाले सबैका लागि ‘गीता सार’ तयार पारेको छु— मेरो संसारमा, भए पनि स्वर्गमा भगवान सँगै, भए पनि सबभन्दा प्यारी तिमी नै हौ । यो ‘गीता सार’ पनि तिमीमै समर्पित छ । आमा ! स्वीकार गर !

तिम्रो प्यारो कान्छो छोरा
हरिभक्त सिग्देल ‘महेश’