नवरत्न

ब्रह्माका मानस पुत्र अत्रि पौराणिक सप्त ऋषि मध्ये अत्रि पञ्चम हुन ्। नौ प्रजापति मध्येपनि एक हुन ्। ब्रह्माजीदेखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला–नन्दन पुरुवाकोजन्म भयो । ऋगवेदका दश मण्डल मध्ये पाँचौँमण्डलका मन्त्रद्रष्टा महर्षिअत्रि हुन ्। त्यसैले यस मण्डललाई आत्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन्। प्रजापति कर्दम र देवहुती ऋषिकी पुत्री अनुसूयासँग यिनको विवाह भएको थियो । शिवपुराण वायवीय संहिता पूर्वख ण्ड १७–३०,३१,३२ मा अत्रिपत्नी अनुसूयाका गर्भबाट सत्य, नेत्र, हव्य, आपोमूर्ति, शनैश्चर र सोम गरी ५ पुत्र प्रादुर्भाव भएको देखाइएकोछ ।
अत्रि एक दिन बाहिर गएकोवेलामा ब्रह्मा, विष्णु र महेश अुनसूयाको घरमा ब्राह्मणको भेषमा भिक्षा माग्न गए र अनुसूयालाई भने जब तपाईं आफ्ना सम्पूर्ण वस्त्र फुकालेर भिक्षा दिनुहुन्छ त्यो भिक्षा मात्र हामी स्वीकार गर्छौं । त्यसपछि अनुसूयाले आफ्नो सतित्वको बलले तीनै देवलाई अबोध बालक बनाएर उनीहरूलाई भने अनुसार भिक्षा दिनुभयो । माता अनुसूया देवीलेनै सीतालाई प्रतिव्रताकोउपदेश दिनुभएकोथियो ।
अत्रि ऋषिले कृषिको विकासमा पृथु र ऋषभले जस्तै योगदान दिनुभएको थियो । अत्रि नैसिन्धुतरेर पारस अहिलेको इरान गएका थिए र त्यहाँयज्ञकोप्रचार गरेका थिए । अत्रि र अनुसूयाले गरेको त्रिदेव कोतपश्याको फलस्वरूप नै विष्णुका अंश बाट महायोगी दत्तात्रय, ब्रह्माको अंशबाट चन्द्रमा र शङ्करका अंशबाट महामुनि दुर्वासा महर्षिपुत्रका रूपमा जन्मेका थिए ।
आत्रेय गोत्र का सबैथर र जातिका मानिसहरू अत्रि र अनुसूयाका सन्ततिहरू हुन ्। उनैऋषि अत्रि र देवी अनुसूया हामी सिग्देलहरू समेतका शिव पाञ्चायन सहित कुल देव–देवी हुन् ।
हाम्रा कुलदेव शिव पाञ्चायन सहित पुर्खापिता अत्रि ऋषि र माता अनुसूयाप्रति अनुगृहीत छौँ ।
अन्तमा ऋषि अत्रि माता अनुसूयाका साथैमलाई जन्म दिनेश्रद्धेय माता गङ्गादेवी (अधिकारी) सिग्देल र पिता खड्ग ध्वज (बलराम) सिग्देल , गुरु प्रा.डा. ऋषिराम पोखरेल ज्यूका साथैसनातन धर्मकोरक्षा र साधनामा १२३ वर्षसम्म जिवितरही स्वर्गीय हुनुभएका मेरा आदर्श श्रद्धेय १००८ श्री गौराङ्ग महामुनीदेवमा नमन गर्दै श्रद्धालु भक्त पाठकहरूमानै यो नवरत्न समर्पण गर्दछु ।

– हरिभक्त सिग्देल ।।।महेश’