त्रिरत्न

हरिभक्त सिग्देल ‘महेश’ आफैमा एउटा गहन धार्मिक अध्येता/अन्वेषक/चिन्तक र अनुवादक पनि हुन । ‘त्रिरत्न’ शीर्षक कृति उनले यसै लक्ष र संस्कृत भाषाको ज्ञान नभएका तर जान्न इच्छुकलाई ध्यानमा राखेर सिर्जित/अनूदित गरे/गराएका हुन् ।

‘त्रिरत्न’ भन्नु नै तीन शक्ति–भक्ति, भुक्ति मुक्ति हुन् । शक्तिका रूपमा पूर्वीय अध्यात्म फाँटको हरित संसारमा विशेष गरी देवीहरूलाई लिइन्छ जस अन्तर्गत व्यापक परिधि÷परिवेश समेटेर उनीहरूकै पूर्ण प्राथमिकतामा चण्डी अन्तर्गत पनि दुर्गा कवचको महत्व बढी छ । यसै महत्व स्वरूप हरिभक्त सिग्देल ‘महेश’ले यस कृतिमा चण्डीसारलाई सरल गद्यानुवादमा ढालेको पाइन्छ ।

शक्तिकेन्द्र नवदुर्गाको आशीर्वाद प्राप्त भएपछि मात्र मानिस शरीर बचाउने कर्मपथतिर निमग्न रहनसक्छ । अर्थोपार्जन गर्नसक्छ । दृश्यजगतका नाटकीय यात्रामा शरीर उभिन सक्ने क्षमता प्राप्त गर्नसक्छ । मनबाट जन्मेका शारीरिक चाहनाको भोक प्यास तृप्त गराएर कर्मपथमा अग्रसर हुँदै सांसारिक वडाका सञ्जालभित्र परिभ्रमित हुनसक्छ कर्मपथमा निर्बिघ्न अग्रसर रहनसक्छ । पतिपत्नी÷छोराछोरी जस्ताका समायोजनमा सृष्टिव्रmमलाई पछिल्लो पुस्तासम्म सुम्पनसक्छ । यही सांसारिक परिभ्रमणका लागि शक्ति सञ्चिती÷आर्जन र
उपभोग नै भुक्तिको महत्तम अवस्था भएको पक्षलाई चण्डी, देवी भागवत् जस्ता कृतिका सार हरिभक्त सिग्देल ‘महेश’ले ‘त्रिरत्न’ का मध्य भागसम्म विविध शीर्षक दिएर उल्लेख गरेका छन् ।

सांसारिक सम्पूर्ण चाहनाका प्राप्ति अर्जित शक्तिबाट प्राप्त गरी भुक्तिका भोगमय संसारका सीमामा पुगेपछि अति विलासले बिचमै दुर्घटित हुने÷भएका बाहेकका व्यक्तिमा एउटा रिक्ताभास वा शून्य अवस्था सिर्जना हुन्छ । जसलाई बैराग्य बोध पनि भन्न सकिन्छ । कुरुक्षेत्रमा अर्जुनले शस्त्र विहीन हुन खोज्नु, भीष्मपितामह वाँणवाँणका सरशैयामा आरामले सुत्नु, यसै सीमाका अवस्था हुन् । गीता यसकै मर्म बोधी कृति हो ।
जीवनका सम्पूर्ण अवस्थालाई सानो कृति ‘त्रिरत्न’ मै समेटेर सरल नेपाली भाषामा जनसमक्ष प्रस्तुत गर्ने हरिभक्त सिग्देल ‘महेश’ लाई नमन गर्दछ ।

– कलानिधि दहाल
बत्तीसपुतली रातोपुल, का.म.न.पा. वडा नं. ९
२०७६ मंसिर ४ गते