हरिभक्त सिग्देल ‘महेश’

आध्यात्मिक चिन्तक÷लेखक हरिभक्त सिग्देल ‘महेश’ पिता खड्गध्वज (बलराम) सिग्देल र माता गङ्गादेवी सिग्देलको घर आँगन पाँचमाने जीतपुर फेदी गाविस हालको तारकेश्वर न.पा., वडा नं. ७, जीतपुरमा वि.सं. २०११ साल वैशाख १ गते, मंगलवारमा जन्मी अहिले ‘हरिको घर’ बुढानीलकण्ठ न.पा., वडा नं. ९, मण्डिखाटार, वरफेदी, काठमाडौंमा स्थायी वसोवास गर्दैरहेका छन् ।

बाल्यावस्थामा पढाइतिर पटक्कै मन नलगाउने हरिभक्त विविध घटित घटनाका पेरिफेरीसँगै यसमा अब सफलता हासिल गर्छु भनी कठोर सङ्कल्पकासाथ श्री ग्रामसेवा माध्यमिक विद्यालय, धर्मस्थली, काठमाडौंमा भर्ना भई एम.पि.ए.सम्मको उच्च डिग्री त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट लिन सफल भए ।

पेशागत हिसावले जताततै सफलता हासिल गरे पनि प्रहरी सेवाको सामान्य पदबाट शुरु गरी डि.एस.पी.को पदबाट अवकाश प्राप्त हुँदासम्म प्रबल गोरखा दक्षिण बाहु चौथा देखि संयुक्त राष्ट्रसंघ शान्ति सेवा पदकसम्म गरी दशौं पदक तथा विभूषणले विभूषित रहेको देखिन्छ ।

प्रहरी सेवा आधारभूत तालिमबाट तालिम अभियान शुरु गरेका हरिभक्त जुडो, कराँते, बक्सिङ, जिम्न्यास्टीक्स्, स्टाफ कलेज हुँदै राष्ट्रिय÷अन्तर्राष्ट्रिय (विशेषगरी अमेरिकाबाटै) होस्टेज नेगोसिएसन तालिम समेतमा सफलता हासिल गरेको देखिन्छ ।

भारत, मोजाम्बिक, मलाबी, जिम्बाबे, जाम्बिया, ताञ्जानियाँ, इजिप्ट, साउथ अफ्रिका, संयुक्त राज्य अमेरिका, रुस, बेलारुस लगायत विदेश र स्वदेशका अन्ठाउन्न जिल्लाको भ्रमण मात्र नभई सारभूत अनुभव उनमा रहेको पाइन्छ ।

स्वभावगत उदारताका कारण श्री वैद्यनाथक्षेत्र प्रकाशन समिति, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष, नोवेल साकोस साहित्य प्रतिष्ठान, सप्तरङ्गी साहित्य समाज, साहित्य सुधा नेपाल लगायतका ते¥हौं संस्थामा आजीवन, विशिष्ट, सदस्यसम्ममा संलग्नता रहेको पाइन्छ ।

विभिन्न चारवटा महत्वपूर्ण संस्थामार्फत राष्ट्रिय महत्वपूर्ण व्यक्तित्वबाट कदर–पत्र प्राप्त गर्न सफल हरिभक्त सिग्देल आठवटा महत्वपूर्ण राष्ट्रिय संस्थाबाट सम्मान पत्र प्राप्त गर्न सफल रहेको भेटिन्छ । यसै अन्तरगत दुईवटा संस्थाबाट प्रशंसा पत्र र दुईवटा संस्थाबाट अभिनन्दित भएको पनि भेटिन्छ ।

ओखरपौवा प्राथमिक विद्यालय नुवाकोटबाट पेशागत अनुभव सुरु गरेका हरिभक्त विविध क्षेत्रका (विशेष गरी प्रहरी क्षेत्रकै) महत्वपूर्ण जिम्मेवारी समाल्दै डि.एस.पी. बाट अवकाश प्राप्त भएर पनि हाल मेडिकेयर अस्पताल चावहिलको प्रशासनिक प्रबन्धक र माछापुच्छे« बैङ्कको सञ्चालकका रूपमा कार्यरत रहेकै छन् ।

हालसम्म उनका उनन्चालीसवटा प्रायः आध्यात्मिक क्षेत्रकै कृतिहरू प्रकाशित भएका छन् भने यो चालिसौं कृतिका रूपमा यहाँहरू समक्ष आउँदैछ ।

धार्मिक स–साना ग्रन्थ लेखन र प्रकाशनबाट माझिदैं, परिष्कृत एवं परिमार्जित हुँदै गएको हरिभक्त सिग्देलको अध्यात्मिक चिन्तनको चुरो – ‘एकमात्र’ नामक कृतिमा आइपुग्दा सफलताका साथ मजबुत भएको छ । अहिलेसम्म प्रसिद्धिका समानान्तर गतिमा रहेका चार अध्यात्म दर्शनहरू सनातन हिन्दु धर्म दर्शन, अहिंसात्मक बुद्ध धर्म दर्शन, धर्म अनुसार पुरस्कार र दण्ड व्यवस्था उल्लेखित मुस्लिम धर्म दर्शन एवं समय प्रवाहलाई आत्मसात गर्दै अगाडि बढी रहेको व्रिmश्चियन धर्मदर्शनलाई यस कृतिले समग्रमा बोकेको छ ।

यी चारैवटा धर्म दर्शनका सुरु, विकास एवं यिनले ठम्याएका सृष्टि, विकास, सामाजिक सभ्यता वैज्ञानिक मान्यता, अविर्भावका व्रmमागत सिंढीहरू यस कृतिमा ऐनामा अनुहार हेरझैं स्पष्ट रूपमा देख्न सकिन्छ । चारवटै धर्मग्रन्थका दार्शनिक दृष्टिविन्दुमा पुग्ने हो भने सबैले एक न एक ब्यक्तित्वका रूपमा प्रतीक खडा गरेका छन् । हिन्दुइजममा शिव नै प्रखर प्रतीकका रूपमा देखिन्छन् भने बुद्धिजममा बुद्ध । मुस्लिममा अल्लाह ईश्वरीय प्रतीक ब्यक्तित्वका रूपमा हाम्रा सामु छन् भने व्रिmश्चियनिजममा गड ।

यी चार ब्यक्तित्वलाई सिरानमा राखेर देशका सीमा कोरिदै गर्दा शासकहरूले स्वार्थ अनुकूल धर्मलाई परिभाषित गर्ने व्रmममा, अध्यात्मदर्शन भित्र विविध विकृति थपिएका हुन् । अध्यात्म दर्शन आफैमा मान्छेको ‘एकमात्र’ पुँजी हो, पौष्टिक आहार हो । यसबाट चिद्भवितामा पुग्न चाहने वा पुगेका मान्छेहरू कोही पनि अलग रहन सक्तैनन् । विराट विश्वका आठ अरबको हाराहारीका मानिसलाई चेतनाका दृष्टिले दुई क्षेत्र जडभविता र चिद्भवितामा वर्गीकृत गर्न सकिन्छ । जडभविताको व्यापक, बलशाली विराट विश्व मानव समूहलाई ब्यवस्थित गर्नुनै सानो समूहमा विश्वभरि छरिएर रहेका चिद्समूहको काम हो । यही चिद्चेतनको चकाचौध मर्करी लाइट नै अध्यात्म दर्शनको चुरो हो । यसै चुरोको मणिका रूपमा देखापर्दछ– ‘एकमात्र’ शीर्षक भीमकाय कृति । चारवटै र अन्य पनि धार्मिक÷अध्यात्म ग्रन्थका अन्तरमा रहेको सार तत्व हो यो कृति । गहिराइमा पुगेर हेर्ने हो भने बाटा फरक छन्, ब्याख्यायित शब्द भिन्न छन्, प्रस्तुतीत अलग छन्, गन्तव्य सबैको एउटै हो को मर्मस्पर्शी निचोड हामी– ‘एकमात्र’ कृतिमा सहज रूपले पाउन सक्छौं ।

 

– कलानिधि दाहाल
रातोपुल, काठमाडौं