रियाज एफएम मा प्रशारित अन्तरबार्ता

विक्रम सम्बत २०११ साल बैशाख १ गते मंगलबारका दिन पाँचमाने जीतपुर फेदी गा.वि.स. वडा नं. ३ जीतपुर काठमडौंमा जन्मनु भएका हरिभक्त सिग्देल महेश धर्म संस्कृति, सम्बन्धि र अध्यात्म विषयमा शोध गर्दै निरन्तर कलम चलाँउदै आएका श्रष्टा साधक हुनुहून्छ । त्रिभुवन विश्व विद्यालयबाट एम.पि.ए्. गर्नु भएका श्रष्टा साधक सिग्देलले आध्यत्मिक तथा धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान गरेर २ दर्जन भन्दा बढी कृतिहरु प्रकाशित गर्नु भएको छ । दक्षिणकालिको सेरोफेरो, विश्व ब्रहमाण्डपति श्री पशुपतिनाथ, पञ्चामृत, दुर्गासप्तशति चण्डी, गीता, रङ्गै रङ्गको जिन्दगानी आदि चर्चित कृतिहरुका श्रष्टा सिस्देल सित यिनै विषयको सेरोफेरोमा सञ्चारकर्मी सत्तोषी अधिकारीले गरेको कुराकानी ।

हाल के गर्र्दै हुनुहुन्छ ? कुनै नयाँ कृति आउदै छ कि ?
अहिले म वेद, पुराण, गिता, उपनिषद, वेदान्तरसार संग्रह, पवित्र वाईवल, कुराअन मस्जीद, त्रिपिटक र अन्य धर्म सम्बन्धि पुस्तकहरुको अध्ययन गर्नुका साथै एउटा नयाँ कृति “एक मात्र” को तयारीमा लागिरहेको छु ।
यहाँ त आध्यत्मिक क्षेत्रमा धेरै समयदेखि अध्ययन र अनुसन्धानमा लाग्नु भएको छ, वास्तबमा संसारमा धर्मको सुरुवात कसरी भएको हो ?
श्रृष्टिकाल देखिनै संसारमा मानव विकास क्रमकै अङ्गको रुपमा व्यक्तिगत, पारिवारिक, सामाजिक सुरक्षाका साथै मानवीय असिमित इच्छा आकाँक्षाहरु बृद्धि भै मानवमा आस र त्रास को अनुभुति हुन थाल्यो । यिनै आसाहरुको परिपूर्णता र त्रास बाट मुक्ति पाउनका खातिर तयार पारिएको व्यक्ति परिवार समाजका रिति, थिति , परम्परा र संस्कृतिको विकसित परिमार्जित रुपनै धर्मका रुपमा देखिएको छ ।
जसरी आज विभिन्न आदर्शहरु बोकेर राजनैतिक पार्टीहरु स्थापना भएका छन् , तिनका आआफ्ना विधान, सिद्धान्त र लक्ष्य निर्धारित गरिएका छन् । अन्ततः मानवअधिकार कानूनि राज्य, भौतिक विकाश, प्रत्येक नागरिकका लागि समान अधिकार र अवसरका लागि सँधै संघर्ष गर्ने प्रतिबद्धताका साथ धेरै राजनैतिक पार्टीहरु गठन भै कृयाशिल छन् ।
–त्यसैगरि विश्व मानचित्रमा मानब श्रृष्टि देखिनै भौगोलिक बनावट, हावापानी, मानव चेतनाको स्तर अनुसार मानव व्यवस्थापन जसमा व्यक्तिगत, पारिबारिक, सामुहिक र ( राज्य) राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमै पनि उत्पन्न आस र त्रास देखि प्राप्ति र समाप्तीका आकाँक्षाले व्यक्ति, घर , परिवार, समाज, राष्ट र अन्तराष्ट्रिय रुपमा समेत मान्दै आएको रितिस्थिति, परम्परा, संस्कृति र साँस्कृतिक विकाश समेतलाई धर्मको रुपमा समेटी परिमार्जन गरिएको पाईन्छ । वास्तवमा धर्म भनेकै सभ्य, सुसंस्कृत र विकशित जीवन पद्धती हो । कुन पद्धति उत्तम भन्ने सम्बन्धमा मानवीय विकाशक्रमको इतिहास संगै परिमार्जित र विकशित हुँदै आएका विविध धार्मिक अवधारणाहरु फरक फरक छन् । स्थान र मान अनुसार ती धार्मिक अवधारणाहरु तत् तत् स्थान र मानमा ठिकै र उपयुक्त देखिन्छन् । यी सबै धर्महरु कालक्रम अनुसार समयानुकुल रुपमा विकशित, परिष्कृत र परिमार्जित हुँदै जानु स्वाभाविक हो र भैरहेको पनि छ ।
हाल नेपालको धार्मिक अवस्था कस्तो छ ?
राजनैति र समाजिक रुपमा जसरी आज नेपाल आक्रान्त छ । धार्मिक रुपमा त्यो भन्दा बढी संक्रमणकालमा छ । किनकि विना कुनै पार्टी एजेण्डा र जनआकाँक्षा अकस्मात डलर, यूरो, पाउण्ड आदिका उच्चस्तरिय चल–खेलको परिणाम स्वरुप विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल धर्म निरपेक्ष भयो । हाम्रो गौरब गयो । तैपनि आसा गरौं सनातन उच्च आदर्श बोकेको हिन्दु राज्यले सबै धर्म र समुहलाई उच्च सम्मान र सहकार्य गर्दै आएको विगतलाई सम्झेर सम्मान गर्दै यदि अब हुने निर्वाचनमा नेपाल हिन्दु राज्य हुने कि नहुने भनेर मतदान गर्ने अवसर प्राप्त भयो भने सबै नेपालीले यो अवसर गुमाउने छैनन् र पुन ः एक मात्र जनगणतान्त्रिक हिन्दुराज्य नेपाल कायम हुनेछ ।
आजकाल हिन्दु धर्म मान्नेहरु अरु धर्म प्रति आकर्षित भईरहेको भेटिन्छ , विशेष गरी क्रिश्चियन धर्म प्रति लालायित देखिन्छन् । यस्तो धर्म परिवर्तनको स्थितिले नेपालको धार्मिक अवस्था भविश्यमा कस्तो रहला ?
यसमा मेरो फरक मत छ । जसरी दैनिक २००० (दुई हजार) देखि ३००० (तीन हजार) को संख्यामा नेपाली उर्जाशील जनशक्ति हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिई रहेका छन् । ४०÷४५ देखि ५५÷६० डिग्रि सम्मको गर्मिमा श्रम गर्नका लागि यो बाध्यता हो । यसमा हाम्रा जिम्मेबार व्यक्तिहरु लाज नमानेर गौरब गरि रहेका छन् । आफ्नो जन्मभुमि नेपाल वृद्ध माता–पिता, प्यारी श्रीमती, प्यारो श्रीमान अनि मुटुका धड्कन बनेका प्यारा छोरा छोरी छोडेर त्यो उखरमाउलो घाममा श्रम बेच्नका लागि, जवानी सक्नका लागि विदेश पलायन भईरहेका छन् । यो कुनै पनि नेपालीको रहर र सदिच्छा हैन , तर हो मात्र बाध्यता । बाध्यता यसै गरि धर्मपरिवर्तनका सन्दर्भमा पनि भन्नु पर्दा धेरै सञ्चार माध्यमहरुमा आईसकेका यथार्थ घटनाहरु हुन् नेपालकै केही मन्दिरहरुमा दलितहरुलाई पस्न, पुजा गर्न नदिई कुटपिट गरिएको छ । के ति दलितहरु कुटाई खाएर अपमानित भएर हिन्दु मन्दिरको ढोका कुरि रहने ? अथाव हात मिलाई अंगालो हाल्दै ससम्मान स्वागत गरी समान स्थान दिने चर्चमा गई क्रिश्चियन हुने कि नहुने ? यो मेरो प्रति पश्न हो । कहीँ कतै मन्दिर पूजा आजामा जातिय लैङ्गीय भेद नभएको सनातन उच्च आदर्श बोकेको हिन्दु धर्ममा सामन्ति संस्कार थोपरेर हिन्दु हुन इच्छा हुदा हुँदै क्रिश्चियन भै चर्च प्रवेश गर्न बाध्य बनाउने नक्कली हिन्दुहरु लाई ।
अर्को तर्फ नेपालको नीति निर्माण र कार्यान्वयन स्तरबाटै जब सम्म दुर दराजका गाँऊ गाँऊ सम्म स्वास्थ्य सेवा, शिक्षाको सुअवसर र श्रमको श्रृजना प्रति विशेष चासो देखाई तदनुरुप नीति बनाई कार्यान्वयन प्रारम्भ गरिँदैन तब सम्म धर्म परिवर्तनको प्रकृया रोकिँदैन । किनकि बाईबल र चर्चको रुपमा हैन कि सिटामोल, जीवनजल, पाठ्यपुस्तक, शिक्षक, शिक्षिका , स्वयंसेवक र दान दातव्यका रुपमा तत् तत् स्थानमा क्रिश्चियन धर्म पुगिसकेको हुन्छ । यो अविराम अविरल प्रक्रिया चलिरहेको छ चलि रहन्छ । जब सम्म जनताका न्यूनतम आवश्यकता गाँस, बास, कपास, क्षिक्षा स्वास्थ्य जस्ता गंभिर समस्यालाई राज्यले संबोधन गर्दैन, यस तर्फ दिलो ज्यान दिएर लाग्दैन । ढिलो भैसक्यो । आजको अल्छिपनले भोलि हामीले हाम्रो राज्य खोज्नु पर्ने हुन्छ । हिजो राजाका राज्यकालका अल्छीपनले आज धर्म र राजतन्त्र खोज्नु परी रहेको छ । यो सास्वत सत्य हो । तितो सत्य हो चाँडै सोचौँ ।
धर्म परिवर्तन गरी हिन्दु इस्लाम बन्न सग्छ । हिन्दु बुद्धिष्ट बन्न सक्छ , जैन बन्न सक्छ, क्रिश्चियन बन्न सग्छ तर हामी किन आस्थावान हिन्दु बन्न चाहनेलाई पनि हिन्दु बन्न दिदैनौ स्विकार्दैनौ र यो गम्भिर प्रश्न हो ?
यदि उपरोक्त प्रश्नहरुको स्थायी समाधान र हिन्दु धर्ममा नभएका तर संस्कारगत र सम्प्रादायगत रुपमा लादिएका अव्यावहारिक अमानवीय कुराहरुलाई हटाई परिमार्जन गर्दै नलगेमा नेपालको धार्मिक अवस्था सोचे जस्तै आसातित हुन सग्दैन । तर पाशविक पशुजनीत सतीप्रथा पनि खास सनातन हिन्दु आदर्शमा नभएता पनि थोपरिएको थियो । विभिन्न विशेषण मृत्यु पश्चात थप्ने अनि कालगतिले मर्ने पुरुषका नाममा यातना दिई मारिएकी, हत्या गरिएकी नारीलाई विशेषण थपि सतीदेवि भनिन्थ्यो । त्यो कुप्रथा थियो हट्यो । हिन्दु धर्मको गरिमा र आदर्श बढ्यो । यसै गरि थोपरिएका संस्कारगत परम्परगत कुरितिहरुलाई चाल्दै, छान्दै विशुद्ध सनातन सर्वोच्च हिन्दु धर्मको गरिमालाई उच्च राख्नु पर्दछ । सबैसंगको सहकार्य भाइचारा द्वारा तर कुनै हालतमा पनि युद्ध र घृणा द्वेषबाट हैन । सबै सुखि हुन् । सबै निरोगी हुन्, कही कोही पनि दुःखी रोगि नहुन् । भन्ने भावनाका साथ काम गर्न सकेमा सूर्यचन्द्र जस्तै तेज र शितल विश्व श्रृष्टी, समृद्धी विकाशका लागि सहायक सिद्ध बन्ने छ सनातन हिन्दु धर्म ।
नेपाल त एक मात्र सनातन हिन्दु राष्ट्र भनेर चिनिदै आईरहको छ, यस्ता खालका धर्म परिवर्तनले नेपालको परिचयमा कस्तो खालको प्रभाव पर्दछ र तत्काल यसमा सुधार गर्ने वातावरण बनाउन के गर्नु पर्ला ?
नेपाल विश्वमा एकमात्र हिन्दु राष्ट्र भनेर पहिले चिनिएको थियो तर अहिले छैन । अहिले त धर्म निरपेक्ष भैसकेको छ । धर्म परिवर्तनले गर्दा आज सम्म हिन्दुहरुको बाहुल्यता भएका कारण हिन्दुहरुको बाहुल्यता भएको धर्मनिरपेक्ष देश नै भन्ने हो । नेपालको परिचय हिन्दुका उच्च आदर्श मूल्य मान्यताले चिरस्थायी बनाउने हो, त्यो जीवन्त छ, रहिरहन्छ अनन्त सम्म । मन्दिरहरुमा लेखिने इल्ीक्ष्थ् ँइच् ज्क्ष्ल्म्ग्क् को सट्टा इल्ीथ् ँइच् म्भ्ख्इत्क्ष्भ्क् या हिन्दुहरुका लागि मात्र को सट्टा आस्थावानहरुका लागि मात्र लेख्नु उपयुक्त हुन्छ । सनातन धर्मले मानवीय मुल्य र मान्यता प्रति व्यवहारमा उतारेका सत्य तथ्य परक सिद्धान्त र यसको ईतिहास नै हाम्रो गौरब हो । विश्वमै उदाहरणका रुपमा रहेको त्यागी, शन्त, साधु, शिद्ध कर्मयोगीहरु यसका उदाहरण र हाम्रा धरोहर हुन । जनक–सिता, महात्मा गान्धी, बुद्ध, गुरु गोरखनाथ,नानक, ओशो, शंकराचार्य, विवेकानन्द आदि आदि । जस संग सत्यमा आधारित अत्भुत चमत्कारिक शक्ति र समाथ्र्य थियो र छ ।
विभिन्न कला संस्कृति र सम्पदाले धनी भईकन पनि अरु देशको तुलनामा नेपाल पछाडी पर्नुको कारण के हो ?
विश्वमै विभिन्न कला , संस्कृति र सम्पदाले सम्पन्न धनी भनिएको देश नेपाल साँच्चिकै विश्व मानचित्रमा विशेषता र विलक्षणताले पूर्ण छ तर दुर्भाग्य के भने प्रकृति र पूर्खाले विश्व सम्पदामा सूचिकृत विविध सम्पदा र प्रकृतिको वरदान स्वरुप प्राप्त धन सम्पदाहरुको संरक्षण सम्वर्धन गर्न समेत आजको पुस्ता असक्षम देखिदैछन् । अरु मित्रराष्ट्रहरुले सम्झाउनु र सघाउनु पर्ने वातावरण श्रृजना भैरहेको छ । राजाको राज्यकालमा होस्, प्रजातान्त्रिक संबैधानिक राजतन्त्रको बहुदलीय नेतृत्वमा होस वा गणतन्त्र नेपालका गणतान्त्रिक नेतृृत्वमा होस यस तर्फ खासै ध्यान दिइएको वा चासो राखिएको देखिदैन । अरु देशमा १००÷१५० वर्षका सहरहरु लाई देशको सबैभन्दा पुरानो सहर भनी त्यसको प्रचार प्रसार र संरचनाको संभार सुरक्षा गरि त्यहाँ पर्यटकको घुइँचो लाग्ने वातवरण श्रृजना गर्दछन् । हामी संग यस्ता वरदान स्वरुप प्राप्त प्राकृतिक सम्पत्ती र पूर्खाले निर्माण गरेका सम्पदाहरु छन् जुन अन्य देशहरु संग दाजिदैनन् बेजोड छन्, नमुना छन् । आसा गरौ अबका सरकारहरुले यस्ता अमुल्य निधीहरुको संरक्षण संम्बर्धन गर्न यिनको विकाश निर्माणमा राष्ट्रिय एकता कायम गर्नेछन्, गर्न सकुन जुन विश्व सामु एक नमुना कार्य हुनेछ । साथै देश आत्मनिर्भरता तर्फ उन्मुख भई विकाशको गति अघि बढ्नेछ ।
नेपालमा थुपै्र धार्मिक सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचिकृत छन् तर पनि ती सम्पदाहरुको किन उचित संरक्षण जगेर्ना हुन सकेको छैन के लाग्छ यहाँलाई ?
नेपालका धेरै सम्पदाहरु विश्व सम्पदा सूचिमा सुचिकृत हुनु हामी सबै नेपालीका लागि गौरबको कुुरा हो । दुःखको कुरा के हो भने विश्व सम्पदामा सुचिकृत सम्पदाहरुको पनि उचित संरक्षण सम्वर्धन गर्न हामी सफल भैरहेका छैनौँ । यसका लागि स्थानिय वासिन्दा अन्तराष्ट्रिय क्षेत्रको पनि ध्यानाकर्षण गराई सम्पदाहरुको संरक्षण सम्वर्धन तर्फ तदारुखताका साथ लागिरहनु हामी सबैको परम कर्तव्य हो ।
कसरी यी सम्पदाहरुको उचित संरक्षण गर्न सकिएला, यसमा आम नागरिक र सरकारको भूमिका कस्तो हुनु पर्ला ?
व्यक्ति, परिवार, गाँऊ, समाजबाट देश बनेको हुन्छ । हाम्रा विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरु पनि हाम्रा सम्पत्ती हुन् , धरोहर हुन् । यिनीहरुको उचित सम्वर्धन संरक्षणा गर्दा पर्यटन उद्योगलाई बढावा मिल्छ जस्ले गर्दा व्यक्ति, घर, परिवार गाँउ, समाज र देशकै लागि आन्तरिक र वाह्य पर्यटकहरुको आगमनमा अभिवृद्धि भै रोजगारिका अवसरहरु श्रृजना हुनुका साथै प्रति व्यक्ति आय र राष्ट्रिय आयमा समेत वृद्धि हुन्छ । यसका लागि तत् तत् स्थानका स्थानीय जनसमुदाय, समाजसेवी, भद्रभलाद्मी, सबै राजनितिक दलहरु समेतको सहयोग सद्भावका साथै सरकार समेतले यस तर्फ विशेष चासो भने राख्नु नै पर्दछ ।
धर्म कर्मतिर, धार्मिक लेख रचना र खोज, अध्ययन, अनुसन्धान तिर कहिले देखि लाग्नु भयो र कसरी पे्ररणा मिल्यो ?
धर्म भनेको धारणा गर्नु हो भने कर्म भनेको कृयाशिल हुनु हो । असल गुणहरु जसले घर, परिवार, समाज, देश र सम्पूर्ण श्रृष्ट्रिको कल्याण होस भन्ने भावनालाई लाई धारण गर्दै आफ्नो सतकर्ममा सदा सक्रियरुपमा लागिरहने स्वाभाव मेरी माता गङ्गादेवी तथा पिता खङ्गधाज सिग्देलको सद्शिक्षाको प्रतिफल हो । धार्मिक लेख रचना लेख्नु र धर्म र ईश्वरका विषयमा खोज अनुसन्धान गर्नुका साथै स्वधर्मको पालनाका लागि सदा उत्प्रेरित गर्ने मेरी स्व आमा गंगा देवी सिग्देलमा म हृदयदेखिनै विशेष रुपमा सतत् नमन् गर्छु । वहाँबाट निर्देशित उद्देश्य पुरा गरि छाड्ने संकल्प समेत गर्दछु । म यस क्षेत्रमा आफ्नो जीवनको ८÷९ वर्ष देखिनै जिज्ञासा राख्ने, चिन्तन गर्ने गर्थे भने लेख सचना भने १२÷१३ वर्षको उमेरदेखि लेख्न थालेको हुँ ।

नेपाललाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा पनि हेरिन्छ तर सोचेकोअनुरुप पर्यटकहरुलाई नेपाल भित्र्याउन किन सकिरहका छैनौँ ?
नेपाल भौगोलिक बनावटका साथै प्राकृतिक सुन्दरताले जति सिङ्गारिएको छ त्यसै अनूरुप धार्मिक मठ, मन्दिर, चर्च, गुम्बा, मश्जिदका साथै विविध तपस्थलीहरुले पनि भरिभराऊ छ । अर्को अर्थमा भन्ने हो भने पृथ्वीमै कहीँ स्वर्ग छ भने त्यो नेपालनै हो । नेपाल शिवको क्रिडास्थल हो , ब्रह्माको श्रृजना भुमि हो र भगवान विष्णुको लिलास्थल हो । नेपाल यस दृष्ट्रिले यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको धुइचो लागि रहनु पर्ने हो तर बर्षौँ देखिको माओवादी द्धन्द्धले गर्दा कत्ति देशहरुले त आफ्ना नागरिकहरुलाई नेपाल पर्यटकका लागि असुरक्षित छ भनी नआउनका लागि विज्ञप्तीनै निकालेका थिए । जब राजनैतिक समझदारी भयो त्यस पछि विस्तारै विस्तारै पर्यटकको संख्या बढ्दैछ । यसले विभिन्न पार्टीहरु र पार्टीका भात्री संगठनहरु संग अनुरोध छ कि देश र गरिवहरुको रोजगारीका लागि नेपाल बन्द नगरौँ । यसो गर्न सकेमा नेपाली र नेपालको मूख्य आयश्रोत पर्यटन व्यावसाय नै हुन सग्दछ । किनकी उत्तर तर्फका हिमश्रृखलाहरु त्यसपछि उग्रतारा, खप्तड, वैध्यनाथ, बरदादेवि, दन्तकाली, लाटिकोइली, काँक्रे विहार, मुक्तिनाथ, ऋषिकेश, त्रिवेणी, पाथिभरा, बराहक्षेत्र, हलेसी, कालिञ्चोक, दोलखा भिमसेन, तातोपानी, पलाञ्चोक भगवती, जनकपुर, रामजानकी मन्दिर, धनुषा, जलेश्वर, मौला कालिका, लुम्बीनी, स्वर्गद्धारी, पशुपतिनाथ, दक्षिणकाली , मनकामन, आदि यति धेरै पर्यटकीय धार्मिक स्थलहरु छन् । विडम्बना त्यस्ता पौराणिक र ऐतिहासिक धरोहर सम्म जान आउन बस्न र सुरक्षाको प्रत्याभुति हुने वातावरण सम्म हामीले श्रृजना गर्न सकेका छैनौँ । स्थानीय रुपमा जनस्तर बाट र राज्य समेतले यस तर्फ सोच्न लागि पर्न ढिला भैसकेको छ । यदि हामीले यस्ता स्थानहरु सम्म जान लाई यातायात, वस्न खानलाई लज, होटल र सूरक्षा दिन सक्ने हो भने यी स्थानहरु सधैँ आन्तरिक वाह्य पर्यटकहरुले खचाखच हुनेछन् । यि हामी स्थानीय समाजसेवी, पर्यटन व्यावसायी र राज्य समेतले ततकाल गर्नु पर्ने पूर्वाधार विकाशका कार्यक्रमहरु हुन् ।
अहिले वुद्ध नेपालमा जम्मिएका होइनन् भन्ने गलत कुराको दुस्प्रचार भईरहेको छ यस्ता गलत प्रचार हुनुमा कमजोरी कस्को हो जस्तो लाग्छ यहाँलाई ?
हामी वुद्ध नेपालमा जन्मेका हैनन् जस्ता भ्रामक प्रचारका पछि लाग्नु हुँदैन विश्वको ईतिहास पुराण प्रमाण सबैले नेपालको रपन्देही जिल्लाको लुम्बिनीमा भगवान वुद्धको जन्म भएको कुरा विविध दस्तावेज, इतिहास र शिलापत्र ताम्रपत्र समेतमा लिपिवद्ध भैसकेको सत्य तथ्य लाई कुनै व्यक्ति वा संस्थाको बौलाहापनबाट भएको भ्रामक प्रचारले खण्डन गर्न नसक्ने हुँदा यसको पछि लाग्न जरुरी छैन ।
यसमा हामी सवै नेपाली जुनसुकै धर्म मान्ने हौँ जुनसुनै जातिका हौँ । जनुसुकै राजनैतिक विचार राख्ने हौं एक ढिक्का भै राष्ट्रको सिमाना र सम्पदा संरक्षणमा जुट्नु पर्दछ । यी प्रश्नहरुसंग राष्ट्रबाद र राष्ट्रियता अनि नेपालीको मुटु गाँसिएकोले सधैँ सबै सजग भने भई रहनु पर्दछ ।
यस्ता दुस्प्रचार हटाउन के गर्नु पर्ला ?
यस्ता दुस्प्रचारलाई नियन्त्रण गर्न हटाउन नेपाल राज्यभित्र यस्ता काम कुरा गर्न राज्य र स्थानीय स्तर सम्मले नै सक्रियता पूर्वक रोक लगाउनु पर्दछ । संञ्चार माध्यममा र सरकारी रुपमा कुनै व्यक्ति संस्था वा राष्ट्रबाट आँउछ भने तत्काल कानूनी उपचार तर्फ जानु जरुरी छ । जुन राष्ट्रिय, स्थानीय वा अन्तराष्ट्रिय अदालतनै किन नहोस ।
नेपालको समग्र धार्मिक क्षेत्रको जगेर्नाका लागि के कस्ता कार्यहरु अगाडी बढाउन सकिन्छ ?
नेपालको समग्रमा धार्मिक क्षेत्रको जर्गेनाका लागि प्रत्येक जात जाति भाषा भाषिका नेपालीहरुको गहन अध्ययन र पहिचान गरी तिनीहरुको धार्मिक साँस्कृतिक परम्परा रिति रिवाजलाई समेट्ने कार्य गर्नुपर्छ । एक आपसमा सबै धर्मविच सम्मानजनक व्यवहार गरी भाइचाराको हातेमालो गर्दै धार्मिक सहिष्णुता र राष्ट्रियताका अहं सवालहरुमा ऐक्यवद्धता प्रकट गरिनु पर्दछ । यस्तो गर्न सकेमा समग्र रुपमा के मठ, के मन्दिर, के मश्जिद, के गुम्बा, के चर्च सबै नेपाल र नेपालीका आस्थाका धरोहर र एकताका कडीका रुपमा स्वीकार्य हुनेछ र यसबाट धार्मिक जगेर्ना र संरक्षण सम्वर्धन हुन्छ । यसमा दुईमत छैन ।
तपाईले विश्व ब्रह्माण्डपति श्री पशुपतिनाथ पुस्तकमा नेपाल धर्म निरपेक्ष भएकोमा असन्तुष्टि पनि पोख्नु भएको छ । धर्म निरपेक्ष हुँदा र नहुँदा के फरक पाउँनु भएको छ ?
प्रत्येक मान्छे निरपेक्ष जन्मन्छ, समाजले उसलाई जात, भाषा, नागरिकता दिएर सापेक्ष बनाउँछ । राजनैतिक पार्टीहरुले निरपेक्ष विद्यार्थीहरुलाइ विद्यालय देखिनै पार्टी सापेक्ष बनाँउछन् । निरपेक्ष हुनुमा र सापेक्ष हुनुमा मेरो विरोध होइन, सबै धर्म र जातिको सम्मान गर्दै सद्भावका साथ रहेका हिन्दुको बाहुल्य रहेको हिन्दुराष्ट लाई अप्रजातान्त्रिक तरिकाले केहि व्यक्तिहरुले निरपेक्ष घोेषणा गरेकोमा मेरो असन्तुष्टि हो । प्रजातान्त्रिक राज्यमा जनइच्छा अनुसार भएका सबै कुरामा बहुमत को कदर र निर्णयनै सर्वोपरि हुनै पर्दछ । तर यस्तो महत्वपूर्ण विषयमा निर्णय गर्नु अघि जनमत त लिनु पयो नि ।
धर्म निरपेक्ष हुँदा नेपालको एउटा छुट्टै परिचय विश्वबाट गुमेको छ जुन पुन प्राप्त गर्न धेरै बलिदान गर्नु पर्दछ । तर धर्मसापेक्ष हुँदा पनि कुनै पनि धर्म, सम्प्रादाय र व्यक्तिहरुलाई फरक परेको थिएन पक्षपात र अन्याय भएको थिएन र अहिले निरपेक्ष हुँदा पनि ( interest group)  निर्णयका साक्षेदारहरु बाहेक कसैलाई फाइदा भएको छैन । आम जनताको निर्णयको अधिकार खोसिएको छ । अझ समय छ निर्णय नलादौँ स्वतन्त्र रुपमा जनमत बाटै निर्णय गरौँ यो मेरो अनुरोध हो । जुन प्रजात्रान्त्रिक परिपाटि भित्र पर्नुका साथै न्याययुक्त पनि मानिन्छ । जनताले मतबाट जे इच्छा जाहेर गर्दछन् त्यसैलाई मानौ ।
अन्तमा के भन्नु हुन्छ ?
मलाई यो अवसर दिएकोमा प्राविधिक साथी तपाई र संचार माध्यम समेतालाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै झर्को नमानी सुनिदिनु हुने श्रदेय, श्रोता र पढीदिनुहुने पाठकहरुलाई हार्दिक धन्यबाद दिदै यहाँहरुलाई मैले कुनै सच्याउनु पर्ने अभिव्यक्ति दिएको लागेमा सुझाब समेतको लागि आग्रह गर्दछु ।

No Comments