बुद्धको बाटो

शान्तिपूर्ण क्रान्ति २०७० मा प्रकाशित

हरिभक्त सिग्देल “महेश”
महामानव बुद्धको जन्म ई.पू. ५६३ मा वैशाख पूर्णिमाको दिन लुम्बिनीको बनमा एउटा शाल वृक्षको मुनि भएको थियो । शाक्य क्षेत्री सूर्य वंशमा उनी जन्मेका थिए । उनका हजुरबुवाको नाम सिंह र हजुरआमाको नाम कञ्चना हो । राजा शुद्धोदन र रानी महामया देवीका कोखबाट उनको जन्म भएको थियो । उनको गाँउ, कोशलराज्य कपिलवस्तु हो । मामाघर र ससुराली पनि देवदहनै हो । उनको श्रीमतीको नाम यशोधरा र छोराको नाम राहुल हो । राजा शुद्धोदन ५७ वर्षको हुँदा सिद्धार्थ कुमारको जन्म भएको थियो । जन्मेको पाँचौँ दिनमा उनको नामाकरण गरियो । ८ जना ब्राह्मणहरुले उनलाई भविश्यमा बुद्ध हुन्छ भनि भविष्यवाणी गरेका थिए । उनी जन्मेको ७ दिनमा आमा आहामाया देवी परलोक भईन् । त्यसपछि सिद्धार्थलाई कान्छीआमा प्रजापति गौतमीले हुर्काईन ।
बुद्धको जन्म संगै निम्न सात कुराहरु पनि जन्म÷उत्पन्न भएका थिए । मंगल हात्ती, यशोधरा, कालुदायी मन्त्री, छन्दक सारथी, कन्थक घोडा, बोधिवृक्ष र सुनका ४ घडाहरु । वोधिसत्व सिद्धार्थ कुमारको बिवाह १६ वर्षको उमेरमा यसोधरा संग भएको थियो । त्यतिबेला यशोधरा पनि १६ वर्षकै थिईन । पण्डीतहरुको भाविष्यवाणीका डरले राजा सुद्धोधनले सिद्धार्थ कुमारलाई गृहस्थ जीवनमा भुलाई राख्न तीन विलासी भवनहरु बनाईदिएका थिए । ती थिए रम्य ९ तल्ले, सुरम्य ७ तल्ले, शुभ ५ तल्ले । एक दिन सिद्धार्थ कुमार बजार परिक्रमा गर्न निस्कीएका थिए । उनले एउटा विरामी मान्छे देखे र सारथी संग सोधे उ किन विरामी छ ? सारथीले भने सबै मान्छे बिरामी हुन्छन् रोग लाग्छ । केही पर पुगे पछि फेरी सिद्धार्थ कुमारले एउटा बुढो मान्छे लौरो टेकेर हिडिरहेको देखे र सारथीलाई सोधे यो मान्छे किन बुढो भएको हो ? सारथीले भने संसारमा सबै मान्छे बुढो हुन्छन् । केहि पर पुगेपछि फेरी एक जना मरेको मान्छे वरीपरी परिवारहरु बसेर रोईरहेको देखे सिद्धार्थ कुमारले अनि फेरी सारथीलाई सोधे यो के भएको हो ? सारथीले भने यो मान्छे मरेको हो अनि परिवारजनहरु ओरिपरि बसेर दुःख मनाई रहेका छन् । सिद्धार्थलाई उनले भने कुमार प्रत्येक मान्छे जन्मेपछि रोगि हुन्छ, बुढो हुन्छ र एक दिन मर्छनै यो सास्वत सत्य हो श्रृष्टीको नियम हो । यि घटना र परिदृश्यले सिद्धार्थ कुमारमा ठुलो चोट प¥यो ।
उनी चिन्तन गर्न थाले दुःख छ , रोग छ , बुढ्याई छ , जन्म र मृत्यु पनि संगसंगै छ किन ? सिद्धार्थ कुमारको धेरै समय यस्तै भवरोगको निवारणका विषयमा चिन्तन गर्दा गर्दै वित्न थाल्यो । २९ वर्षको उमेरमा सिद्धार्थ कुमारको छोरा राहुलको जन्म भएको थियो । राहुलको जन्म भएको ७ दिनमा सिद्धार्थ कुमारले गृहत्याग गर्नु भएको थियो । गृहत्याग गरि जाँदा सिद्धार्थ कुमारले चढेर गएको घोडाको नाम कन्थक र सारथीको नाँऊ छन्न–छन्दक थियो । त्यति बेला सिद्धार्थकुमार, सारथी छन्दक र घोडा कन्थक सबै २९ वर्षका थिए । गृहत्याग गरि जाँदा अनोमा नदीको किनारमा पुगेपछि आफैले आफ्नो कपाल काटी भिक्षु हुँदा बचेको २ अम्मल लामो कपाल कहिल्यै बढेन फेरी काटुनु पनि परेन । त्यसपछि सिद्धार्थले भोक भोकै बसेर ध्यान गर्दा शरीर धेरै सिथिल भए पछि उनलाई शरिरधारण गर्न आवश्यक अल्प भोजन गरेरै ध्यान गर्नु पर्छ भन्ने चेतना आयो । त्यसपछि उनि सँधै मानव जातिकै कल्याणको लागि चिन्तन, मनन् ध्यानको अभ्यास निरन्तर गर्न लाग्नु भयो । यसरी सिद्धार्थ कुमारले अरुवेला (बुद्धागया) मा वैशाख पूर्णिमाको राती तेश्रो पहरमा पिपलको रुख मुनि वोधिज्ञान प्राप्त गर्नु भएको थियो । त्यस वेला उहाँ ३५ वर्षको हुनुहुन्थ्यो । त्यस पिपलको रुखलाई बोधिबृक्ष भनिन्छ । त्यस पछि ३६ वर्षको उमेरमा ऋषिपतन मृगदावन सारनाथामा धर्मचक्र प्रवर्तन (प्रथम उपदेश) गर्नु भएको थियो । ५ जना गृहत्यगिहरुले प्रथम उपदेश लिए । ती हुन कौण्डन्य वप्प, भद्धिय, महानाम र अस्सजीत । प्रथम भिक्षु कौण्डन्य थिए भने सर्व प्रथम त्रिरत्नको शरणमा जाने यशकुमारका पिता, मात, सुजाता र पत्नी थिईन भने सर्वप्रथम भिक्षु हुने गृहस्थ भिए यश कुमार । महालता आभुषण बुद्धका पालामा तीन जनासङ्ग थिए, १ विशाखा, २ माल्लिका देवी ३. देवदानिय चोर
विशाखा महाउयासिकाले बुद्धसँग तलका ५ वरहरु मागेकी थिइन्
ज्ञ। भिक्षु संघलाई नुहाउने कपडा दिनु ।
द्द। आगान्तुकहरुलाई भोजन दान दिनु ।
घ। यात्रीहरुलाई भोजन दान दीनु ।
द्ध। रोगीहरुलाई भोजन दान दिनु ।
छ। रोगीहरुका सेवकलाई भोजन दान दीनु ।
ट। रोगीहरुलाई औषधी दान दीनु ।
ठ। रोगीहरुलाई जाउला दान दीनु । (विरामीलाई खुवाउने नरमगीलो भात)
ड। भिक्षुणीहरुलाई क्रतुमती कपडा दान दीनु ।
नकुलमाता र नुकलपिता यी दुई गृहस्थी दस्पतिले बुद्धलाई “पुत्र” भनि सम्बोधान गरेका थिए
जीवक वैध्यले भगवान बुद्धको गाथमा बिसञ्चो भएको बेलामा औषधीयुक्त कमलको फुल सुँघाई उपचार गर्थे ।
देवदत्तले तलका ५ कुराहरु बुद्धसङ्ग मागेका थिए, जुन बुद्धले दिन मान्नु भएन र देवत्तले अलग भिक्षुसंघ खडा गरेका थिए ।
ती ५ मागहरु हुन्
१) मिक्षुहरु जंगलमै बस्नुर्पछ ।
२) मसानमा फालिराखेको कपडा मात्रै चीवर लाउनु पर्छ ।
३) भिक्षा लिएकै मात्र खानु पर्छ ।
४) रुखमुनी नै सुत्नु पर्छ ।
५) माछा मासु विल्कुलै खानु हुँदैन ।

यसरी भिक्षु संघमा बुद्धकै पालामा सर्वप्रथम फुट देवदत्तले ल्याएको देखिन्छ तर त्यो चिरस्थायी हुन सकेन ।
साधारण मनुष्यले धर्म भन्नाले त्यसको अर्थ साम्प्रदायिक बौद्ध, हिन्दु, क्रिश्चियन, मुस्लिम भन्ने बुझदछन् । तर यसको ठिक विपरित समाजवादी (कम्युनिष्ट) देश चीनमा आनपान सती भावना गर्दा यसमा सास भित्र आएको बाहिर गएकोमात्र ध्यान दिईरहे पुग्छ । यसमा उनिहरु (चिनीयाहरु) दृढ छन् त्यसैले होला चिनियाहरु देशोन्नतीको लागि दृढसङ्कल्पित हुन सकेका छन् ।
आनपान साती भावना गर्नलाई आवश्यक पाँच अङ्गः–
१) श्रद्धा २) स्वास्थ्य लाभ ३ निष्कपटता ४) श्रम र ५) विवेक यी पाँच अङ्ग जति मजबुत भयो उति चाँडै भावना सफल हुन्छ ।
साधाकले ध्यान दिनु पर्ने कुराहरुः–
ज्ञ। हिंसा, चोरी, व्यविचार, मुषावाद (असत्यकुरा) अमल पदार्थको सेवन गर्न छोड्नु पर्दछ । पञ्चशील पालन अनिवार्य रुपले गर्नु पर्दछ । शीलपालन साधनाको आधारशिला हो ।
द्द। शिविर (ध्यन गरिरहेको ठाँऊ) छाडे.र बाहिर जानुहुँदैन । (नयाँ साधकले मात्र)
घ। भोजन त्यतीमात्र गर्नु जति शरीर रक्षाको लागि नभै हुन्न । धेरै खानाले अल्छी हुन्छ । (आलस्य भावनाको बाधक हो ।)
द्ध। आफु बस्ने ठाँउ सफा राख । आफु पनि स्वच्छ र साधारण भएर बस्नु । धेरै हास्ने, मोजमज्जा , अत्तर अदि सुगन्धी पदार्थ र श्रृङ्गारबाट बच्नु ।
छ। साधना गर्दा साधना मात्र गर्ने हुनपर्दछ , सुतीमात्र रहनु हुँदैन । बेहोशी हुनु हुँदैन । अर्को कुनै काममा लाग्नु हुँदैन । यहाँ अभ्यास गराईरहेको भावना विधि बाहेक अरु कुनै कुराको अभ्यास गर्नु हुँदैन । कुनै भजन, किर्तन, माला जपन, पाठ, पूजा, धुप बाल्नु, आसन प्राणायम गर्नु, लेख्नु, पढ्नु, आदि सबै दश दिनका लागि छोड्नु पर्छ । साधनाको सफलता मात्र अधिष्ठान गरेर निरन्तर अभ्यास गर्दै लग्नुमा निर्भर छ ।
ट। स्वयं यो ध्यान शिविरको शान्तिभङ्ग नगर्नु । यदि कसैले शान्ति भङ्ग हुनेकाम ग¥यो भने उसलाई केही नभनिकन मैत्री पूर्वक आफ्नो ध्यान अभ्यास गर्दै लानु ।
ठ। धेरै कुरा गर्ने आदत छोड । धेरै कुरा गर्नाले आफ्नो मात्र हानी नभै अरु ध्यान गरिरहेका हरुको पनि हानी हुन जान्छ । आर्य मौन अर्थात कायिक, वाचिक र मानसिक मौननै साधकको अमूल्य आभूषण हो साथै सोभा पनि ।
ड। सैद्धान्तिक वादविवादमा नफस्नु । व्यावहारिक अभ्यासनै साधना हो । कुनै सङ्का भएमा जिज्ञासा भएमा गुरु कहाँ एकान्तमा गएर शङ्का समाधान गर्नु हुन्छ ।
ढ। गुरुनै मार्गनिर्देशक हुनुहुन्छ, कल्याण मित्र हुनु हुन्छ । चमत्कारी पुरुष होइन भन्नुको तात्पर्य यो हो कि कनुै ऋद्धिलाभ गराई दिने होइन । गुरुले आफुले संचय गरि राखेको समस्त मैत्री र करुणा बलले मात्र भावना विधि निर्देशन गर्नु हुनेछ । वास्तविक सफलता त साधकको आफ्नो पूण्य र वर्तमान अभ्यासमानै निर्भर छ ।
 मुख हँसिलो हुनु भावनाको एउटा चिन्ह हो ।
 रिस उठ्न छाड्नु भावनाको अर्को चिन्ह हो ।
 यस्ता साधना सफल भएपछि रुप, रस, गन्ध , शब्द, स्पर्शका गाराहरु पार गरेर चित्त लक्ष प्राप्तिका लागि उद्यमी हुन्छ ।
 अनि हरेस खाने, दिक्क मान्ने, निराश हुने आदि सारा रोग निवारण हुन्छ ।
भावना गरेर प्राप्त हुने :
ज्ञ। स्वास्थ्य लाभ ।
द्द। अफुले आफ्नो द्धोष देख्न सक्ने ।
घ। भावना चित्त शुद्धि र मनको एकाग्रताका लागि भन्ने समझ हुने ।
द्ध। रीस नउठ्ने र उठे पनि यसमा नियन्त्रण गर्न सक्ने ।
छ। त्यागी भै निस्वार्थ रुपमा समाजको सेवा गर्न सकिने ।
ट। कुरा भन्दा काम धेरै गर्न सकिने ।
ठ। अतित र भविश्यको कल्पनामा नअल्झेर वर्तमानको सदुपयोग गर्न सक्ने ।
ड। पलायनवादी नभै समस्या समाधान गर्ने ।
ढ। जनुसुकै कुरा पनि आफ्नो अनुभवले सत्य ठहरेमात्र विश्वास गर्ने या ग्रहण गर्ने ।
ज्ञण्। म र मेरो भनि ममतामा नटासिईने ।
ज्ञज्ञ। ईष्र्या कहाँबाट उत्पन्न हुन्छ त्यसमा बिचार गर्न सक्ने भै सहनशिलताको वृद्धि हुने ।
आनापान सतिभावना विधि :
आँखा चिम्लनु, मुख बन्द गर्नु किनभने सास फेर्ने मुखले होइन, नाकले हो । बाहिरको नाना प्रकारको रुप देखेर चित्त बाहिर जान सक्तछ , यसैले आँखा चिम्लनु परेको हो ।
सास भित्र आयो बाहिर गयो यसमा होस राखाँँै । यो कुने प्राणायम होईन । न त कसरत व्यायमा नै हो । यो चित्त एकाग्र गर्ने साधान मात्र हो । उठिरहे पनि, खाईरहेन पनि कुरा गरिरहे पनि सासमा ध्यान राख अर्थात के गरिरहेछु भन्नेमा होस राख । ध्यान गर्दा बज्राशन नै गर्नु पर्छ भन्ने छैन । आफ्नो सुविधा अनुसार बसेर वा उठेर सुतेरै भएपनि सास भित्र आयो बाहिर गयो भन्नेमा होस राखेर बसिराख्नु अथवा आश्वास प्रस्वास ९च्भकउष्चबतष्यल० भईरहेको चाल पाई रहनु ।
ध्यान केवल नाकको टुप्पामा र ओेठको माझ माथि मात्र राख्नु । चाल नपाउने गरी सास नलिनु नछाड्नु । ध्यान शरीरको अर्को भागमा नसार्नु । मन बाहिर जाने कोशिश गर्छ होस राखौँ । आँखा नखोलौँ । खोल्यो भने अर्को निमित्त अगाडी पर्न आउँछ । होस गरौँ । सावधान होँऊ ।
बुद्धले भन्नु भएको थियो “ हजारौँ मानिस मारेर लडाई जितेको त्यो केहि जितेको होइन , आफुलाई (आफ्नो मनलाई ) जित्न सके त्यो सच्चा विजय हो । शत्रु त आफ्नै मन हो । शत्रु निस्कने पनि मनबाट हो । हामीहरु आफुलाई जित्न भनि ध्यान गर्न आईरहेका छौँ “ नभाग बदल ” नै जीवनको लक्ष्य हो । संसारको समयस्या बुझेर त्यो समस्याको समाधान गरेर समाजको सेवा गर्नुनै भावना हो रीस उठ्यो, के भएर रीस उठेको ? ईष्र्या भयो, के भएर ईष्र्या भएको यसको कारण बुझि लिनलाई भावना गर्न परेको हो । “म र मेरो” भन्ने भावना कहाँबाट आयो ? आस्वास प्रस्वास राम्रो संग होस राखेर एकाग्र गर्न सक्यो भने यो सबै बुझ्न सकिनेछ अथवा आफुले आफुलाई चिन्न सक्नेछ । चित्त एकाग्र हुन्छ । मानिसलाई शुद्ध मानव बनाउनलाईनै यहाँ ध्यान भावना गराई रहेको हो ।
हामीहरुको ध्यान बाहिर मात्र जान्छ । अर्काको द्धोष मात्र देख्छ । आफ्नो द्धोष देख्दैन । यसैले गर्दा कलह, झंझट, दुःख, कष्ट भैरहेको छ । घर घरमा सासु÷बुहारी, दाज्यू÷भाइ, बावु÷छोरा को झगडा कर्तव्य पालना नभएकाले र आफ्नो द्धोष नदेखेरै भईरहेको छ । मानिसले आफुलाई ध्यान दिनु पर्दछ । के गरि रहेछु , के कुरा गरिरहेछु , के देखिरहेछु , त्यसमा होस राखि रहनु नै “ आनपान सति भावना हो ” देउताको नाम मात्र जपेर चित्त शुद्ध हुँदैन, आफुले आफैलाई चिन्दैन । देउताको नाम जपि रहँदा स्वतन्त्र हुँदैन । परतन्त्रभै अर्काको दाश हुन जान्छ । आफ्नो मालिक आफु हुँदैन । दाशत्वको जीवन कहिल्यै शुद्ध हुन सक्तैन ।
चित्तको तिन शत्रु हुन । ती हुन राग, द्धेष, मोह । चिन्त अत्यन्त अस्थिर छ । यो कि त भुत बितेका कुराहरु सम्झन थाल्दछ कि त भविष्यको काल्पनिक सागरमा पौडी खेल्न थाल्दछ । भावना ग¥यो कि न चाँहिदा कल्पना आई रहन्छ । कल्पना गर्दा आफैलाई अहित हुन्छ भने अरुको हित कसरी हुन्छ भावना भनेकै वर्तमान अवस्थालाई चिनेर काम गर्दै लैजानु हो । आफुलाई चिन्न सक्नु हो । ध्यानका पनि तीन शत्रु छन् ती हुन्– धेरै खाँने, धेरै कुरा गर्ने, धेरै अल्छि गर्ने सुत्ने । यी शत्रुहरुलाई जित्नु पर्दछ । “आनापान सति भावना ” गर्नु भनेको दन्किरहेको आगोमा पानी हाल्नु जस्तै हो । पानी हाल्दा आगोको शक्तिले पानीको शक्तिलाई जितुन्जेल छुम छुम आवाज आउँछ । पानीको शक्तिले जितेपछि शान्त हुन्छ । आवाज बन्द हुन्छ । त्यस्तै “आनापान सति भावना” गर्दा पनि नराम्रो बिचार संग खुब संघर्ष भईरहन्छ । मन बाहिर मात्र जान खोज्छ । भाबना बलियो भयो भने सबै दविएर जान्छ । मनमा आनन्द भयो भने स्वर्ग मुक्ति सबै त्याँहि मिल्छ ।
बुद्धले बाटो देखाउने काम गर्नु भएको छ निर्वाण प्राप्त गर्ने, मुक्ति प्राप्त गर्ने तर प्रयत्न भने हामी आफैले गर्नु पर्दछ । बुद्धले देखाएको बाटो नजानेहरुको बानी नराम्रो भएकोमा बुद्धको केहि दोष छैन । यसरी धर्ममार्ग देखाउदै बुद्धले जीवनका ८० वर्षको उमेरमा कुशीनगरको उपवर्तन नामको बनमा दुईटा शाल बृक्षको मुनि महापरिनिर्वाण हुनु भएको थियो । यसरी वैशाख पूर्णिमाको रात्रीको तेश्रो पहरमा उहाँले अनुपादिशेष ( देहत्याग ) निर्वाण प्राप्त भएका थियो ।
भगवान् बुद्धको परिनिर्वाण पछि परिििनर्वाणको सातौ दिनमा उहाँको अस्थि धातुको लागि ८ देशहरु राजगृह, बैसाली, कपिलवस्तु, कोलिय, अल्पकप्प, वेठ दीप , पावा र कुशीनगर बीच झगडा हुँदा द्रोण बा्रह्मणले धातु विभाजन गरी कलह शान्त पारेका थिए । उनले खुद एक टुक्रा दन्त धातु आफ्नो पगडीमा लुकाएका थिए, जुन पछि हरायो (इन्द्रले चोरेको) ? भन्ने पनि भनाई छ । पछि उनले धातु बाँडिएको कुभ्म (भाँडो) लगि चैत्य बनाए ।
गौतम बुद्धले ४५ वर्ष सम्म मानव कल्याणका लागि धर्म प्रचार गर्नु भएको थियो ।

बुद्धका जीवनमा महत्वपूर्ण दीनहरु ः
शुक्रबार – जन्म
शनिबार – धर्मचक्र प्रवर्तन
आइतबार – दाहसंस्कार
सोमबार – गृहत्याग
मंगलबार – परिनिर्वाण
बुधबार – बोधिज्ञानलाभ
विहिबार – आमाको गर्भमा प्रवेश

बुद्धका जीवनमा महत्वपुर्ण स्थानहरुः
कपिलबस्तुः– बुद्धको पिता शुद्धोधनको राज्य ।
देवदहः– (नवलपरासी)–बुद्धको मामाको राज्य र ससुराली पनि ।
लुम्बिनीः– बुद्धको जन्मस्थल ।
बुद्धगयाः बोधिज्ञान लाभ भएको स्थान ।
सारनाथः– प्रथम धर्म उपदेश गरेको स्थान ।
संकाश्यः– त्रायतिंशमा आमालाई उपदेश ? दिईएको पछि बुद्ध ओर्लेको स्थान ।
श्राबस्तीः– बुद्धले सबभन्दा बढी जीवन विताउनु भएको स्थान ।
राजगृहः– बुद्धलाई देवदत्तले मार्न खोजेको स्थान ।
वैशालीः– बुद्धले प्रशंसा गर्नु भएको देश ।

बुद्धका जीवनका महत्वपुर्ण घटनाहरुः–
जन्म ईशा पुर्व ५६३ –
विवाह– ” ” ५४७ – १६ वर्षको उमेरमा
गृहत्याग ” ” ५३४– २९ वर्षको उेरमा
बोधिज्ञान लाभ ” ” ५२८– ३५ वर्षको उेरमा
धर्मचक्र प्रवर्तन ” ” ५२८– ३६ ” ”
महापरिनिर्वाण– ” ” ४८३ ८० ” ”

एक दीन बुद्धले देखेका विरामी (रोगी) बुढो मान्छे, मृत्यु भएको मान्छे त्यसपछि बुद्धले जन्म, मृत्यु, बुढ्याई र मृत्यु जस्ता भवरोगको उपचार खोज्न गृहत्याग गरे र उनले ६ वर्षमै बोधिज्ञान प्राप्त गरे जस्को उद्देश्य थियो ।
ड्ड बहुजन हित
ड्ड नाता कुटुम्बाको हित र
ड्ड बुद्ध हुनका लागि
बुद्धले त्यति छिट्टै पुर्व जन्म थाहापाउने विद्या, भौतिक आँखाले भन्दा परको देख्न सक्ने विद्या र ल्केष मुक्त गर्ने सक्ने विद्या प्राप्त गरि निम्न सिद्धि समेत प्राप्त गर्नु भयो ।
दिव्य चक्षु– भौतिक आँखाले भन्दा परको देख्न सक्ने ।
दिव्य श्रोत– भौतिक कानले भन्दा परको सुन्न सक्ने विद्या ।
ऋद्धिबल – दिव्य चमत्कार गर्न सक्ने विद्या ।
परिचित्त विजानन्– अर्काको चित्त (मन) जान्ने विद्या ।
पुर्वे निवास – पुर्वजन्म थाहा पाउने विद्या ।
आश्रवक्षय– ल्केष मुक्त गर्ने विद्या ।
मनोमयी–मनोकामना पुरा हुने विद्या ।
विपस्सना– अनित्य–दुःख अनात्म देख्ने विद्या समेत प्राप्त गरि सकेका थिए ।
बुद्धले देखेका दुःख सत्यहरुः– १) जन्मनु २) बुढा बुढी हुनु ३) रोगी हुनु ४) मर्नु ५) मन नपर्ने सङ्ग बस्नपर्नु ६) मनपर्ने सङ्ग अलग्गीन पर्नु ७) मनले चिताएको पुरा नहुनु आदि दुःखै दुःख हुन् ।
तृष्ण निर्मुल भएको अवस्थालाई नै निर्वाण भनिन्छ । जिउँदो छँदा नै ल्केष मुक्त हुन अरहत वा बुद्ध हुनु हो भने ल्केष मुक्त गरि देह त्याग गर्नु परिनिर्वाण हुनु हो । त्यसका लागि बुद्धले अष्टाङ्गीक मार्गको उपदेश गर्नु भएको छ ।
ज्ञ। सम्यक दृष्टी – ठीक धारणा
द्द। सम्यक संकल्प – ठीक संकल्प
घ। सम्यक वाचा – ठीक वचन
द्ध। सम्यक कर्मान्त – ठीक कर्म
छ। सम्यक जीवन – ठीक जीविका
ट। सम्यक व्यायाम – ठीक प्रयत्न
ठ। सम्यक स्मृति – ठीक स्मृति
ड। सम्यक समाधि – ठीक एकाग्रता
बुद्धका दश शीलहरु ः
१. हिंसा नगर्नु २. चोरी नगर्नु ३. ब्रह्मचर्य पालन गर्नु ४. झुठो नबोल्नु ५. जाँड रक्सी नखानु ६. मध्यान्ह पछि खाना नखानु ७. अश्लील चलचित्र, गीत्, संगीतबाट टाढा रहनु ८. विलासी सामान ( माला, सुगन्ध , क्रीम )आदीको प्रयोग नगर्नु ९. विलासी ओछ्यानमा नसुत्नु १०. सुन चाँदी नराख्नु ।
बुद्धका पंच शीलहरु
१. हिंसा नगर्नु २. चोरी नगर्नु ३. व्यभिचार नगर्नु ( आफ्नो पति वा पत्नी बाहेक कसैसंग नसुत्नु) ४. झुठो नबोल्नु ५. जाँड रक्सी नखानु ।
पञ्चशील पालनका फाईदाहरुः
१. धन सम्पत्ती लाभ हुन्छ । २. यस किर्ति फैलिन्छ । ३. आत्मविश्वास बढ्छ । ४ बेहोसिमा मृत्यु हुँदैन । ५.सुगती प्राप्त हुन्छ ।
स्वतन्त्र चिन्तन बारे बुद्धको अनुपम उद्घोष विश्वासभन्दा विचार आवश्यक :
सर्वधर्म गुरुहरुले आ–आफ्नो धर्म श्रेष्ठ र उत्तम छ भन्छन् । तर वास्तवमा श्रेष्ठ र उत्तम धर्म भनेको के हो ? भनि राखिएको जिज्ञासाको उत्तरमा बुद्ध भन्नु हुन्छ ।
“ जुन धर्म दुःख र दुःख मुक्तिका लागि हुन्छन् , ल्केष मुक्तिका लागि हुन्छन् , यही श्रेष्ठ र उत्तम धर्म हो ”
स्वतन्त्र चिन्तनको मार्ग प्रशस्त नर्गुहँदै बुद्धले उद्घोष गर्नु भयो ः
 कहिल्यै नसुनेका कुरा भनि स्वीकार नगर ।
 परम्परादेखि चलि आएको भन्दैमा नमान ।
 “ यस्तै भनिएको हो ” भनेर शास्त्र अनुकुलतालाई मात्र नहेर ।
 “ आफ्नो ग्रन्थ अनुसार ठिक छ ” भनेर पनि नस्वीकार ।
 तर्क संगत छ , तर्कसम्मत छ भनेर आँखा चिम्लि नअंगाल ।
 न्याय संगत छ, न्याय सम्मत छ भनेर पनि अनुकरण नगर ।
 आकार प्रकार राम्रो छ भन्दै अन्ध श्रद्धा नदेखाऊ ।
 आफ्नो मत अनुकुल छ भनेर पनि उत्ताउलो नहोऊ ।
 वक्ताको आकर्षक व्यक्तित्वको कारणले मात्र पनि अंगीकार नगर ।
 आफ्नो गुरु भन्दै वा हाम्रो श्रमण पुज्यछन् भन्दै अन्धानुकरण नगर ।
 मैले भनेको भन्दैमा पनि तिमीहरुले स्वीकार नगर ।
धम्मपदका केही उपदेशहरु ः
 अर्काको द्धोष अर्काले के ग¥यो के गरेन भनी हेर्नु भन्दा आफ्नो द्धोष र आफुले के गरँे के गरिन भनी हेर्नु नै बेस छ ।
 जताबाट हावा बहेको छ उतातिर धुलो फ्याँक्दा आफैतिर आउने झै निर्दोषी , शुद्ध, ल्केश रहित पुरुषलाई गरेको द्धोषरोपणको प्रतिफल आफैलाई पर्न आउँछ ।
 फुल , चन्दन, चमेली आदीको सुगन्ध हावा नपुगेको ठाँउमा जान सक्तैन । किन्तु सत्य पुरुषको सौजन्यरुपी सुगन्ध चारै दिशामा फैलिन्छ ।
सम्राट अशोक बुद्धधर्मका महान् प्रचारक एवं संरक्षक हुन । उनले इशा पूर्व २६९–२२७ सम्म बुद्धधर्म प्रचार प्रसारमा पनि ठुलो योगदान पु¥याए । अशोकले इशा पूर्व २३९ देखि ३०० सम्मको समयमा सिरिया, मिश्र, वासेडोन, साइरेन, इपिरसमा त्याहाँका राजाहरु , क्रमशः एन्टिओकस, टोलेमी, एन्टिगोनस, गोनाटस, मागस, एलेक्जेण्डर संग अनुमति मागी बुद्धधर्म प्रचारार्थ भिक्षुहरु पठाएका थिए ।
यसै गरि महेन्द्र स्थविरले श्रीलंकामा धर्म प्रचार गरेका थिए । संघमित्रा स्थविर श्रीलंकाकी प्रथम भिक्षुणी थिईन । बुद्ध धर्म प्रचारक नागसेन, मैत्रेयनाथ, असंग , बसुबन्धु, दिग्नाग, सम्राट हर्ष बद्र्धन, दिपंकरश्रीज्ञान, राजा दुठ्ठागामणी अभय, राजा बठ्ठा गामिनी अभय, राजा कीर्ति श्री मेघवर्ण ले बुद्ध धर्मको प्रचार प्रसार संरक्षण सम्बर्धनमा ठुलो योगदान दिएका थिए ।
सुवर्णभुमि बर्मामा पनि सर्व प्रथम बृद्ध धर्म भित्र्याउने श्रोण र उत्तर स्थविरहरु थिए इशा पूर्व २४८ तिर ।
चीनमा सम्राट फुकी येन ले सन ३८५ मा कुचा राज्यबाट विद्धान भिक्षु कुमारजीवलाई मगाउँनु भयो । राजा पो च्वोलले दीन नमाने पछि लडाई गरि राज्यनै जितेर भिक्षु कुमारजीवलाई चीन लगे । मीङ्–ती , तो–पा–हुङ, ऊ, हुइ बी, फुही, वन् हुवेन, ई–शिङ आदि राजाहरुले सातौँ सताब्ती तीर बुद्ध धर्मको धेरै विकास गरे ।
तिब्बत ( भोट) मा श्रोङ चङ गम्पोले अंशुवर्माको छोरी भृेकुटीलाई भित्र्याए पछि सन् ६४० मा बुद्ध धर्मको खुब प्रचार प्रसार भएको थियो ।
बुद्धधर्म ई.पू. २४८ मा नेपाल, ई.पू २४७ मा श्रीलंका, इ.पू. २४८ मा बर्मा ई.पू २०४७ मा बंगलादेश , ई.पू. प्रथम शताब्दीमा मंगोलिया , इ. पूर्व ७५ तीर चीन ई ६४० मा तिब्बत , ई. पू ३७२ मा कोरिया, इं ५३८ मा जापान, ई. ४०० मा जावा , ई ६३८ मा थाईलैण्ड, आठौँ शताब्दी भुटान, १३ औँ शताब्दीमा लाओस, ई. १९०८ मा बेलायतका बुद्धधर्म प्रवेश गरेको मानिन्छ ।
विपश्यनाको मार्ग अन्यन्त शुद्ध, पवित्र, सुख शान्ति प्रदायक जातपातको भेदभावबाट रहित, साम्प्रादायिक मान्यता र दार्थनिक तर्कका भरमा ससंकित तुल्याउने नभै निराधार कर्मकाण्डबाट मुक्त छ । यस मार्गमा लागेका प्रत्येक व्यक्तिका लागि यसै जीवनमा विकार मुक्तिबाट सुखद परिणाम प्राप्त हून्छ । किनकि विपश्यना कोरा उपदेश नभै, कोरा चिन्तन मनन मात्र नभै मनो विकारहरुलाई जरैबाट उखेल्ने र फ्याँकिदिने व्यावहारिक प्रकृया हो ।
किनकी विवश्यनाको अभ्यासले काम भाबबाट अनासक्त कामरागबाट अकिंचन , मुक्त उपाधि विहीन, नाम र रुप भन्दा पर शान्त पद “निर्वाण” लाई देखेर त्यो निर्वाण पद जुन अरु कसैको कृपाले प्राप्त हुँदैन न कि स्वयं आफ्नो परिश्रमबाट उपलब्ध हुन्छ ।
म यज्ञ र हवन बाट विरक्त भएर भव मुक्तिको खोजि गर्न थाले जुन हवन र यज्ञ कर्मकाण्डबाट हैन , अदृश्य कुनै देवताको कृपाले हैन स्वयं साधना गर्नाले प्राप्त हुन्छ भन्ने दृढ िनश्चय भयो ।
बुद्ध भगवानलाई गाली गर्ने निन्दा गर्ने र मार्नका लागि तयार भएका व्यक्तिहरु जस्ले बुद्धको दर्शन सम्भाषण बाट आफुमा रहेको ईष्र्या, द्धेष त्याग गरेर बुद्धका उपदेश ग्रहण गरेका छन् । जस्तै अंवष्ठ माणवक , आक्रोशक भारद्धाज, अंगुलिमाल , नालगिरी , बीमार भिक्षु, निग्रोध परिब्राजक, मागधीय, सकुलुदायी, पोठ्ठपाद, अचेल काश्यप, यस्ता अनेक नामहरु छन् । अंगुलीमालका सम्बन्धमा राजा प्रसेनजीत पनि अंगुलीमाल देखि डराँउथे । तर भगवानले आस्वश्वस्त पार्दै भन्नुभयो महाराज अब यस देखि डराउनु पर्ने अवश्यकता छैन । अंगुलीमाल बदलिईसकेको छ । अनार्यबाट आर्य भैसकेको छ । राजा छक्क पर्दै भन्दछन् जसलाई हामीले दण्ड र शस्त्रद्धारा पनि सवक सिकाउन सकेनौ भगवानले विना दण्ड विना शस्त्र कसरी दमन गर्नु भयो । भगवानले भन्नु भयो । अंगुलीमाल भित्र रहेको अनार्यलाई मैले विनाशस्त्र मारिदिए अनि आर्यको जन्म भयो उस्को उद्धार भयो ।
वासिष्ठ र भारद्धाजका वीचमा जात र वंशका विषयको विचको विवाद अन्त नभएपछि भगवान भन्नु हुन्छ – लहरा घाँसपातमा, किरा–फट्याङ्ग्रामा, चारपाउवाला पशुहरुमा, लामो छोटो शरीर भएका घर्सने जीवमा, जलचरमा, पंछिमा, विभिन्न जातिवाला लक्षणहरु हुन्छन् त्यसैले तिनिहरुमा विभिन्न जातिवाला लक्षण हुन्छ नै । तर मानिसमा यस्ता फरक फरक लक्षण नहुँने हुँदा मानिस एक मात्र मनुष्य जाती हो । त्यसैले कुनै पिता माता बाट जन्मीएकै आधारमा म कसैलाई ब्राह्मण भन्दिन । जो तृष्णा रहित छ म उसलाई ब्राह्मण भन्दछु । जो सारा बन्धनबाट मुक्त छ , तृष्णा रहितछ , निसंग छ , जसले तृष्ण रुपी डोरीलाई छिनाली सकेको छ , मुखमा लगाएको मुखौटो खोली सकेको छ, काँधमा भएको जुवाँ फालि सकेर बुद्ध भएको छ । जो आक्रोशलाई आफ्नो मन ल्केष रहित राखेरै सहन्छ, क्षमा बलनै जसको सैन्य बल हो, जो अक्रोधी, व्रती, शीलवान, अपरिग्रही शान्त र अन्तिम शरीरधारी छ । जो पानीमा कमलझै तरबारको धारमा हिँडे जस्तै संसारमा काम भोगबाट निर्लिप्त छ । जस्ले दुःखलाई हटाईसेको छ, जस्ले जीवनमा जान्नुपर्ने कुरा जानिसकेको छ, जस्ले आफ्नो बोझ उतारी सकेको छ र जो निसंग र बियुक्त छ । जो न गृहस्थीमा आसक्त भएर विहार गर्दछ र इच्छारहित वा धेरै कम इच्छा भएको छ । जो स्थावर जंगमा सबैका प्रति प्राणिहरु लाई दण्ड र शस्त्र त्याग गरि सकेको छ, जो न स्वयं हत्या गर्छ न अरुलाई गराउँछ । जो विरोधिहरुका बीच अविरोधी छ, हिंसकहरुका बीच अहिंशक भै रहन्छ , जो लिप्तहरुका वीच अलिप्त रहन्छ । जस्को राग, द्धेष, मान डाह, हराईसकेको छ । जो अकर्कश अथवा एवं स्प्रष्ट बाणि बोल्दछ , जो सत्य मात्र बोल्दछ , जस्ले कसैलाई चोट पुग्दैन । जो यस लोक र परलोक प्रति कुनै कामना राख्दैन निरासक्त र निश्पाप छ । जस्को कुनै अबलम्बन छैन । जो परम ज्ञानकाकारण संसय विहिन भएको छ , जो स्वर्ग र नर्क दुबैलाई दिव्य दृष्टिले देख्दछ र जो पूवर्जन्म बाट मुक्त छ । भगवान यस्तै व्यक्तिलाई नै ब्राह्मण भन्दछन् । बास्तविक शरण त धर्मकै लिनु पर्छ । धर्म पनि त्यो धर्म जुन आफै भित्र जागोस । आफै भित्र जागेको धर्मले नै हामीलाई बास्तवमा सरण संरक्षण दिन्छ । जसरी सुन्दर कमल जलमा लिप्त हुँदैन, त्यसैगरि म यो लोकमा लिप्त छैन यसैल्ो म ब्राह्मण हुँ । म बुद्ध हुँ ।
आयुष्मान त्यसैलाई भनिन्छ जस्को रागक्षय, द्धेषक्षय मोहक्षय भएको छ । यसैलाई अरहत्व पनि भनिन्छ । भगवान जीवनकालमा समग्र बुद्धवाणीलाई ९ भागमा सुत्तं, गेयं वेयाकरणं, गाथा, उदानं, इतिवुत्तकं, जातकं, अब्भुतथम्मं, वेदल्लंमा समेटिएको छ । तीनै संग्रहित पुस्तक नै तिपिटक हो । टिपिटक ६ भागमा छापिएको छ । १,२,३,४,५,६
विश्वमा त्यति वेला प्रचलित धर्महरुमा विविध सम्प्रादय र परम्परा लादिएर मावन समाज यथार्थ भन्दा टाढागै दुःखी पिडीत भएका बखत भगवान बुद्धले सबै कुसंस्कार अव्यबहारिक लादिएका परम्परालाई हटाएर समयानुकुल व्यावहारिक प्रत्यक्ष यसै जीवनमा सुख शान्ति र निर्वाण प्राप्त हुने बाटो देखाई दिनु भएको छ । जो बाठो छ तत्कालै आफ्नो कल्याण चाहन्छ ती ( मान्छेहरु) मनुष्यहरु तत्कालै बुद्धको बाटोमा हिँडीहाल्छन् र हिड्दा हिड्दैै आफै बुद्ध बुन्दछन् ।

भवतु सब्व मङ्गलं ( सबैको कल्याण होस)
सन्दर्भ ग्रन्थहरुः
ज्ञ। बौद्ध दर्पण – चौथो संस्करण – प्रकाश बर्जाचार्य – प्रकाशक – धर्मकीर्ति विहार नघलटोल ।
द्द। विपस्सना ध्यान ( बौद्ध ध्यान ) सत्यनारण गोयन्का – अनुवाद– चक्रमान शाक्य , सम्पादक भिक्षु अश्वधोष ।
घ। तिपिटक मे सम्यक संबुद्ध– भाग – १– विपश्यना विशोधन विन्यास – आचार्य श्री सत्यनारायणजी गोयन्का ।
द्ध। तिपिटक मे सम्यक संबुद्ध– भाग – १– ” ” ”
छ। तिपिटक मे सम्यक संबुद्ध– भाग – २– ” ” ”
ट। तिपिटक मे सम्यक संबुद्ध– भाग – ३– ” ” ”
ठ। तिपिटक मे सम्यक संबुद्ध– भाग – ४– ” ” ”
ड। तिपिटक मे सम्यक संबुद्ध– भाग – ५– ” ” ”
ढ। तिपिटक मे सम्यक संबुद्ध– भाग – ६– ” ” ”
ज्ञण्। अंगुत्तर नियकाय, ल्केषमुक्तिसुत्त
ज्ञज्ञ। कुल वर्ग धम्मपद
ज्ञद्द। पाप वर्ग धम्मपद
ज्ञघ। धम्मपदका विविध वर्गहरु

No Comments