जीवनको लक्ष्य

मुक्तिनाथ संदेश वर्ष १ अंक ३ २०७० मा प्रकाशित
हरिभक्त सिग्देल (महेश)

मानवजीवन अति अमुल्य ठुलो तपस्याको फलस्वरुप प्राप्त भएको छ । तर यो सुन्दर जीवन सुख र शान्तिको भण्डार हो मुक्तीको द्वारा हो । सत्युयुगमा एकमात्र ईश्वर थिए । ईच्छामरण थियो । मैथुनी श्रृष्टी थिएन । दुर्भावना दुष्कर्म र प्रतिस्प्रधा पनि थिएन । त्यसैले लामो आयु, स्वास्थ्य शरीर, निश्छल मन, सत्यकर्म अमृतमय वचनले पूर्ण थियो श्रृष्टी । काम, क्रोध, लोभ, मोह, अहंकार, हिंसाको श्रृष्टी पनि भएको थिएन त्यसैले त सत्य युगमा मानिसहरुमा प्रतिस्पर्धा, इष, डाह, रिस, ईवी, शत्रु, मित्र जय, पराजय केहि थिएन । थियो मात्र सत्य, शान्ति आत्यान्तिक सुख अध्यात्मीक सम्बृद्धि साम्राज्य । सत्ययुगमा सात्विकता थियो त्यसैले त जरुरत थिएनन्् वेद पुराण उपनिषद गीता आदि आदिको किनकी त्यतिवेलाको जीवनपद्धतिनै यी शास्त्रहरु भन्दा पर थिए, धेरै माथी धेरै अगाडी ।

जव जव द्धापरयुगको प्रारम्भ भयो तब तब मैथुनी श्रृष्टी पनि फैलीदै गयो । मानिसका इच्छा आकाँक्षाहरु पनि व्यापकरुपमा बृद्धि हुदै गए अनि श्रृष्टीमात्रास, आस जस्ता उल्कापातहरुले श्रृष्टीको साथै मानव समाज, घर, परिवार, व्याक्ति र राज्य समेतलाई आक्रान्त बनायो । यसैको फलस्वरुप इच्छाहरुको पूर्ति, डर र त्रासबाट रक्षा उन्मुक्तिका लागि व्यक्ति वा समाजले आ–आफ्नो भुगोल र कार्य क्षेत्र अनुसार शक्तिको परिकल्पना र सम्मान गर्न थाल्यो जस्ले उनीहरुका अनन्त ईच्छाहरुको सहज पूर्ति गर्देओस । विविधक्षेत्रमा आई पर्ने सम्पूर्ण विध्न बाधाहरुलाई टारीदेओस वा त्यसबाट रक्षा गरिदेओस । त्यो शक्ति पहाड, खोला, रुख, ढुंङ्गा , सूर्य ,चन्द्र तारा वा कुनै राजा मन्त्री, मुखिया, अन्य व्यक्ति वा पदार्थ पनि हुन सक्तथ्यो । यसरी विविध भौगोलिक स्थानहरुमा वसोवास गर्ने मानिसहरुले विविध प्रकारका व्यक्ति वा वस्तुलाई ईश्वरका रुपमा पुज्न वा मान्न थाल्यो । यसरी मानिएका व्यक्ति, पदार्थ वा स्थानहरु लाई ईश्वरको रुपमा मान्ने प्रचलन व्यापक रुपमा फैलियो फैलिदै गयो । यसैका परिपूर्तिका लागि अनन्त शास्त्र वेद पुराण, उप पुराण, गीता, उपनिषद आदिको प्रादुर्भाव भयो ।श्रुती र स्मृति शक्ति घट्दै गएपछि स्वच्छ श्रृङखलित बंशपरम्परा टुट्दै गएपछि यी सबै लिखित रुपमा संग्रहीत हुदै गए । मानव पनि जान्ने र नजान्ने बुझ्ने र नबुझ्ने दुई श्रेणीका हुन थाले । त्यसपछि समाज, जाति, धर्म, गुरु, राज्यव्यवस्थाको विकासभै त्रेतायुगमा पनि यसै क्रमले निरन्तरता र व्यापकता पायो। देव, दानव, स्वर्ग, मत्र्य, पाताल आदि लोक परलोक द्धापरयुगबाट त्रेतायुगहुदै कलीयुगसम्मनै यथावत चल्ने क्रममागिताले भनेझै जव जव धर्मको हानी र असत्यको बहुल्यता हुन थाल्दछ तव तव म धर्मस्थापना र असत्यलाई नास गर्नाका लागि अवतरित हुन्छु भनेको बचनलाई सत्य सावित गर्न माछा, कछुवा, नृसिंह, बराह, बामन, परशुराम, राम, कृष्ण, बुद्धका अवतारमा अवतरणमात्र भएनन् कल्की अवतारको अवतरणको भविश्यवाणी समेत भयो । यसै सन्दर्भमा पछि विश्वभर कलियुगका रुपमा परिस्कृत हुदै आउने क्रममा महम्मद, जिसस, बुद्ध, जैन, नानक, शंकराचार्य आदि महापुरुषहरुको संसारका विभिन्न भौगोलिक क्षेत्रहरुमा जन्म भयो। उनिहरुले पनि त्यस त्यस स्थानको भौलोलिक स्थान सामाजिक संरचना अनुसार आ–आफ्नो मान्यता र मर्यादाहरुलाई व्यापक रुपमा प्रचार प्रसार गरे विविध देवी देवताहरुलाई आ–आफ्नो चलन अनुसार, आस्था अनुसार विश्वभर मान्न थाले ।
सनातन हिन्दु धर्ममा भने देवताको कार्यविभाजन पनि भएकोे थियो जस अनुसार ब्रह्माले सरस्वती शक्तिका साथ भएर श्रृष्टी गरे । विष्णुले लक्ष्मी शक्तिका साथ रहेर पालना गरे । भने महेश्वर शिवले पार्वती शक्तिका साथ रहेर संहारको कार्य गरे । यसै गरीइन्द,्रअग्नी, बरुण, विश्वकर्मा, वायु, सूर्य, चन्द्र, कुवेर, आदि विविध रुपलाई भगवान ईश्वर मान्न थालियो भने अग्नी जल, वायु, आकाश, पृथ्वी, सूर्य, चन्द्र र यजमान (सर्वात्मा) लाई शिवकै अष्टरुपका रुपमा पुजिन्छ, मानिन्छ । विष्णु र शिवको सयूक्त रुप हरि शंकर हो भने, शिव र पार्वतीको संयुक्त रुप अर्धनारीश्वर हो । यसरी शिव र विष्णुका साथै शक्ति समेतमा द्धन्दात्मक नभै समन्वयात्मक रुप पाइन्छ । यसबाट हाम्रो समाजलाई पनि सहकार्य र समन्वयात्मकरुपमा सामाजिक समस्याहरु हल गरी अघि बढ्न उत्पे्ररणा मिल्दछ । यसरी विविध शास्त्र र देवी देवताहरु सनातन हिन्दु धर्ममा स्थापित छन् जुन विश्व श्रष्ृटी संचालनको लागि कार्य विभाजन भए अनुसार आ–आपनो जिम्मेबारी सफलतापूर्वक समालिरहेका छन् । त्यसै मध्ये वैष्णव मत अन्य धर्म सम्प्रदायले धर्म अर्थ काम याने सुख शान्ति सम्बृद्धिलाई मात्र लक्ष्य र प्राप्ती मानेता पनि सनातन हिन्दु धर्मको यो सम्प्रदायले स्वर्ग भन्दा उपल्लो मोक्ष सम्मलाई प्राप्त गर्ने मार्ग प्रसस्त गरेको छ । विविध धर्मले समाज र विश्व समुदायलाई आ–आफ्नै हिसावले व्यवस्थित अनुशासित विकसित बनाउनुका साथै सहअस्तित्व र सहकार्य गर्दै आजको विश्व भातृत्वमा इटाहरु थप्दै विश्व ग्रामको रुपमा अघि बढाईरहेकै बेला यदा कदा काम, क्रोध,लोभ, मोह, अहंकार, हिंसा, प्रमादका प्रभालेकसले आफ्नो मत व्यापक बनाउने कसले विश्वव्यापी प्रभाव जमाउने भन्ने होडबाजीले गर्दा आपसमा अकल्पनिय युद्ध समेत भएका दृश्यहरु हाम्रा सामु छर्लङ्गछन् ।
चीन, ग्रीक, रोम, इजिप्ट, मेक्सीको, दक्षिण अमेरिका, स्पेन, नर्वे, स्वेडेन, फिनल्याण्ड, डेनमार्क, आइसलैण्ड साथै विश्वकै विविध देशमा इश्वर, देवता, भगवानका सम्बन्धमा भन्नु पर्दा माथि भनिएझंै चिनमा – ड्रागन किङ्गलाई ओ.सिन–उत्तर , ओ चिन – दक्षिक, ओ कुङ्ग –पूर्व र ओ जुन– पश्चिम साथै वर्षा, नदी र समुन्द्र, कला र श्रृजनाका देवता मानिन्थ्यो । त्यसै गरी गुआन युलाई युद्धका देवता, मेङ्गपोलाई जमिन मुनि पातालकी देवी,नुगुवालाई नाग देवता र श्रृष्टीका देवता मानिन्थ्यो । क्वीयुलाई वर्षाका देवता आधा साँढे र आधा राक्षसको रुपमा परिकल्पना गरिन्थ्यो । सिं हीलाई उज्यालोका देवता मानिन्थ्यो, सि याङ्गमु लाई अमरताका देवता मानिन्थ्यो इडी लाई गड अफ वाइन मानिन्थ्यो भने जाओ जुन लाई गृहस्थीका देवता मानिन्थ्यो ।

त्यसै गरी ग्रीक, रोम, इजिप्ट, मयान एज्टीक्स, इन्काहरुले ईश्वरलााई विविध रुप र नाम दिई प्रमुख देवता, विवाहका देवता, सुन्दरताका देवता, सिकारका देवता, विद्याका देवता, आकाश, हावा, स्वास्थ्य, कविता, संगित, साहित्य, र्सूय, युद्ध, चट्याङ्ग, आँधि, समुन्द्र, दुर्भिक्ष, खेति, जमिन, अन्न, पशु पन्छी , ताल, मौसम, मृत्यु, श्रृष्टी, नदी, प्रेम, खाद्यन्न आदिका देवताका रुपमा धेरै रुप र रङ्ग साथै नामका देवताहरुलाई मान्ने गरेको पाईन्छ ।
उपरोक्त सम्पूर्ण धर्महरुमा देवताहरु संग मानवीय अपेक्षा मात्र इच्छित वस्तुको प्राप्ती र सुरक्षामा मात्र सिमित रहेको देखिन्छ । परन्तु हाम्रो हामी सनातनीहरुले यो पुण्यभूमि हिमालको काख नेपालमा जन्मेका छौं । पूर्व जन्मका अनेक पुण्यको फल स्वरुप निश्चित अवधिका लागि यो मानव जुनी प्राप्त गरेका छौँ । यो क्षणभंगुर भएर पनि साधनाको धाम र मोक्षको द्वार हो । अनेक जन्मको तपश्याको फल स्वरुप भारत वर्षको उत्तराखण्ड नेपाल मुक्तिनाथ भगवानको पावन भूमिमा जन्म पाएर पनि जो श्रीहरिको भजन र सेवा भक्ती गर्दैन त्यो मुर्ख र अभागी हो । भगवानका अतिरिक्त जे जो छ त्यो सवै असत हो,माया हो, जीवनमा तीनैबाट छुटकारा पाउनुपर्दछ । भगवानमा शरणागत भएपश्चात निस्काम भक्तिबाट मात्र नित्यानन्द अखण्डानन्द प्राप्त हुन्छ जुन मानव जीवनको एक मात्र कर्तब्य र उद्देश्य हो । हरि सेवा बाट हरिको भजनबाट तनमन बचन सब पवित्र बन्दछ । भनिएको पनि छ ।
तन पवित्र हुन्छ सेवाले
पवित्र धन दानले ।
मन पवित्र हरिभक्तिले
अमरता मिल्छ ज्ञानले ।।
मनुष्य शरीरमा आत्मतत्व ब्रह्मरुपहो । परमात्मा सहजस्वरुप, ज्ञानस्वरुप एवं अनन्तस्वरुप छन् यीनैलाई जान्न, बुझ्न प्राप्त गर्नका लागि नै हामीले मानव शरीर प्राप्त गरेका हौं । मानिसको योनि मात्र एक कर्मयोनि हो अरु सवभोगयोनिहरु हुन् । त्यसैले यो मुनष्यकै हातमा छ कि आफ्नोविवेक अन्र्तदृष्टिले यो शरीरलाई कति सदुपयोग र कति दुरुपयोग गरिएको छ गरिन्छ । यो आफुले आफैलाई कति भोग–कति योग, कति प्रवृति–कति निवृत्ति, कति आसुरी सम्पदा– कत्ति दैवी सम्पदा मध्येमा आफ्नो शक्ति, सामथ्र्य लाई साधनालाई उध्र्वगति या अधोगति कुन मार्गमा लगाउने हो लगाइएको छ गम्भिरतापूर्वक सोच विचार गरेर इमान्दारी पूर्वक आफ्नो आत्मनिरिक्षण अवस्य गर्नु पर्दछ ।
श्री गीताको छ अध्ययायको ५ औं स्लोकमा भनिएको पनि छ ।
उद्वरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन ः ।
आफैले आफ्नो संसार समुन्द्रबाट उद्वार गर्नु पर्दछ अथवा आफुले आफैलाई अधोगतिमा लैजानु हुदैन, किनकी यो मनुष्य शरीर आफुनै आफ्नो मित्र हो र आफुनै आफ्नो शत्रु हो । यसै गरी राम चरित मानसमा ७÷११७÷२ मा भनिएको पनि छ ।
ईश्वर अंस जीव अविनासी । चेतन अमल सहज सुख रासी ।।
मनुष्यमा इश्वरको अंश छ , त्यसैले त्यो अविनासी चेतन निर्मल पवित्र र स्वभावैले सुखको राशि छ ।
अन्तमा मनुष्यले काम, क्रोध, लोभ, मद्, मत्सर, कपट, तृष्णा, ममता, दम्भ, अहंकार, कामना, राग–द्धेष, दुराचरण, निन्दा,परदोषदृष्टि आदि आसुरी वृत्तिलाई त्याग गरेर दैवी सम्पदायुक्त जीवनको धारण गर्नु पर्दछु ।
गोस्वामी तुलसीदासज्यू लेख्नु हुन्छ ।
जो न तरै भव सागर नर समाज अस पाई ।
सो कृत निंदक मंदमति आत्मा हन गति जाई ।।
( रा.च.मा. ७÷४४ )
अर्थात – जो मनुष्य यस्ता साधन प्राप्त गरेर पनि भवसागरबाट तर्दैन, त्यो कृतध्न र मन्दबुद्धि हो तथा यसले आत्महत्या गर्नेले पाउने गतिनै प्राप्त गर्दछ ।
परमेश्वरलाई परम सुहृद् परम प्रेमी र परम हितैषी सम्झीएर अनन्य प्रेमले निरन्तर उनको स्मरण, कीर्तन, भजन र ध्यानमा निमग्न रहनु पर्दछ । यसैमा आफ्नो र अरुको पनि कल्याण हुन्छ ।
दान, आफ्नो स्वर्धमपालन, नियम, यम वेदाध्ययन, सत्कर्म र ब्रह्मचर्यादि श्रेष्ठ ब्रत यी सबको अन्तिमफल यहि हो कि मन एकाग्र होस् । भगवान्मा लागोस । मन समाहित हुनु नै परमयोग हो ।
परोहि योगो मनस ः समाधि ः ( श्रीमभ्दा. ११ । २३। ४६)
जसको मन शान्त र समाहित छ, उसलाई दान आदि समस्त सत्कर्मको फल प्राप्त भैसकेको हुन्छ । अव उसलाई दान आदिबाट कुनै लिनु दिनु बाँकी रहदैन । जव उसको मन चन्चल छ, आलस्यले बसिभुत छ त्यस्ताले सम्झनु पर्दछ कि उ बाट भएका दान आदि शुमकर्मबाट पनि कुनै लाभ प्राप्त भएको छैन ।
जीवलाई बन्धन आदि रहति भएर पनि अज्ञानबस मनको वसमा परेर म र मेरो पनले अन्धोवनाई झुट लाई सत्य मान्न थाल्दछ । निस्काम भावले धर्मको आचरण गर्दै जाँदा भगवानको कृपा प्राप्त भै भक्तियोग द्वारा ज्ञानहुन्छ कि म परमात्माको अजरामर अविनाशी अंशहुँ । म पनि आत्मा हुँ। जो सवको स्वामी र सर्वधा मुक्त स्वरुप छ । यस संसारमा सत्स्वरुप परमात्माका अति रिक्त अरु केहि छैन । यो नै परम सत्य हो । यो परमसत्यको ज्ञान प्राप्त गर्नुनै जीवनको लक्ष्य हो । ॐ तत्सत् ॐ शान्ति ! शान्ति !! शान्ति !!!

No Comments